×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: ५ पुष २०८२, शनिबार

अब गुट छैन, सिङ्गो एमाले मात्रै छ’ — उपमहासचिव लेखराज भट्ट

अब गुट छैन, सिङ्गो एमाले मात्रै छ’ — उपमहासचिव लेखराज भट्ट

Breaking News 1, samachar, बागमती, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र गुटबन्दी अन्त्य भइसकेको दाबी गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा स्वीकार गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै भट्टले पार्टी अब गुट–उपगुटभन्दा माथि उठेर एकीकृत रूपमा अघि बढिसकेको बताए। “अब यो र त्यो गुट छैन, सिङ्गो एमाले मात्रै छ,” उनले भने, “अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा बुझ्नुपर्छ र साथ दिनुपर्छ।” पार्टीका आन्तरिक समस्या र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भट्टले यस्ता विषय पार्टी कमिटीभित्रै छलफल र विधिबाट समाधान गर्नुपर्नेमा जोड दिए। “फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ,” उनले स्पष्ट पारे। देशी तथा विदेशी शक्तिहरूबाट पार्...
कञ्चनपुर कारागारमा तनाव : आन्तरिक प्रशासनविरुद्ध आक्रोश, झडपमा ८ कैदीबन्दी घाइते

कञ्चनपुर कारागारमा तनाव : आन्तरिक प्रशासनविरुद्ध आक्रोश, झडपमा ८ कैदीबन्दी घाइते

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
कंचनपुर महेन्द्रनगर — कञ्चनपुर कारागारमा कैदीबन्दीहरू र कारागार प्रशासनबीचको विवाद उग्र बन्दा झडप भएको छ। झडपका क्रममा ८ जना कैदीबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा डीएसपी सागर बोहराका अनुसार आन्तरिक प्रशासनप्रति असन्तुष्टि जनाउँदै कैदीबन्दीहरू आक्रोशित भएपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको हो। कारागारमा रहेका चौकीदार नाइके र कैदीबन्दीहरूबीच विवाद चर्किँदै जाँदा स्थिति झडपमा परिणत भएको उनले बताए। घाइते कैदीबन्दीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य बन्दै गएको र हाल उच्च उपचार भइरहेको प्रहरीले जनाएको छ। कैदीबन्दीहरूले विभिन्न माग राख्दै कारागारभित्रै आन्दोलन गरेका हुन्। उनीहरूले कारागारका नाइकेमाथि लागू औषध, धूम्रपान तथा मदिराजन्य पदार्थको अवैध कारोबार ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज