पत्रकार सावदद्धारा फरक क्षमताका बालबालिकालाई खाजा तथा फलफूल वितरण विरेन्द्र बाग,
विरेन्द्र बाग,
महेन्द्रनगर । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज पत्रकार देवराज सावदले फरक क्षमता भएका बालबालिकाहरुलाई खाजा तथा फलफुल वितरण गरेका छन् । बिहिबार भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित अमर शहीद आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमताका बालबालिकालाई पत्रकार सावदले खाजा तथा फलफूल वितरण गरेका छन् ।
सामाजिक कार्यअन्तर्गत विद्यालयमा विशेष शिक्षाअन्तर्गत अध्ययनरत फरक फरक क्षमता भएका बालबालिकालाई खाजासँगै फलफूल वितरण गरिएको केन्द्रीय सदस्य सावदले बताए ।
पुसेलो डट कमका प्रधान सम्पादकसमेत रहेका सावद सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका छन् । उनले फरक क्षमताका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कक्षा ५ सम्म अध्यापन हुने अमर शहीद आधा...














