लालझाडीमा जंगली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँन्देवकीकी ६ वर्षीया रोजिना साउदको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजेतिर गाउँमा पसेको हात्तीको बथानले साउद परिवारको घरमा आक्रमण गर्दा रोजिना र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित सेती प्रादेशिक अस्पताल (सिएण्डसी) पुर्याएको थियो। कञ्चनपुर प्रहरीका प्रवक्ता हेमबहादुर शाहीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि बालिका रोजिनालाई धनगढी रेफर गरिएको थियो। तर अस्पताल पुर्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल पार्वती साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पछिल्ला दिनहरूमा कञ्चनपुर जिल्लामा जंगली हात्तीको आक्रमणका घटनाहरू बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र रोकथाममा ध्यान नदिएको स्थानीयक...













