×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: १९ बैशाख २०८३, शनिबार

कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
। बेदकोट–५ धरमपुरमा मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्। स्थानीयका अनुसार बुधबार पोल्खरी स्थित चौधर नदीको तटीय क्षेत्रमा फुटबल खेल्ने क्रममा बालक बल लिन नाथको करेसाबारीमा पुगेका थिए। सोही क्रममा तरबुजा चोर्न आएको आशंकामा नाथले बालकको दुवै हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा नाथले “यसलाई मार्छु, बरु जेल जान्छु” भन्दै धम्की दिएको सुनिन्छ। बालकका आमाबाबु भारतमा रहेकाले उनको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्। बालकमाथि कुटपिट गर्ने भोज नाथ विरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले घटनामा संलग्न सबैमाथि कानुनी कारबाही हुने बताएका छन्। ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज