सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता
कञ्चनपुर जेठ ४ गते
काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कञ्चनपुर–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महता ले सुदूरपश्चिम प्रदेशको विकास, सम्भावना र जनअपेक्षाका विषयलाई जोडदार रूपमा उठान गरेका छन्।
सांसद महताले आफू केवल औपचारिक भाषण गर्न नभई “विकासको प्रतीक्षामा रहेका लाखौँ नागरिकको आशा, अपेक्षा र पीडा बोकेर” सदनमा उभिएको बताएका थिए। उनले सुदूरपश्चिमलाई देशको कुनामा परेको भूगोल मात्र नभई अपार सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रित गर्दै हिमाल, नदी, जडीबुटी, कृषि तथा पर्यटनको प्रचुर सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने धारणा राखे।
ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले लामो समयदेखि अलपत्रजस्तै बनेका पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना को ...












