बेदकोट ८ मा पुनः जग्गा नापजाँच शुरु, ११०किसानलाई लालपुर्जा वितरण गरिने
महेन्द्रनगर-किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा पुनःऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका ८मा पुन नापजाँच शुरु गरिएको हो ।
भूमि समस्या समाधान आयोगले वडा कार्यालयसंग समन्वय गरेर ऐलानी जमिनकोे पुन नापजाँच शुरु गरेकोे जनाएको छ । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले यस अघि नापजाँच भएर अन्तिम प्रमाणिकरण गरेर लालपुर्जा वितरणका लागि जग्गा नाप्ने काम भईरहेको बताए ।
‘अहिले अधुरो कार्यकोे पुर्नथालनी भएको छ, ‘उनले भने, ‘जमिन भएर स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउने काम भएको छ ।’ यस अघि गत बर्ष ८३ किसानलाई पुर्जा वितरण गरेको बताउँदै उनले अब लगत्तै ११०किसानलाई लालपुर्जा वितरण गरिने बताए । ‘हामीले हरेक बर्ष पुर्जा वितरण कार्य अघि बढाएका छौँ, झण्डै ६दशकदेखि पुर्जा बिहिन जनतालाई ज...












