×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १७ मंसिर २०८२, मंगलवार

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवसरमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठ रोग सपरभाईजर पंकज प्रसाद कलौनीले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लाको भीमदत्त नगरपालिकामा सबैभन्दा बढि १७२ जना, दोधारा चादनी नगरपालिकामा १०६ जना, कृष्णपुर नगरपालिकामा ९८, पुनर्वास नगरपालिकामा ८९, बेदकोट नगरपालिकामा ८७ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, बेलौरी नगरपालिकामा ३४ जना, बेलडाँडी गाउँपालिकामा ३० जना र लालझाडी गाउँपालिकामा १३ जना एचआईभी संंक्रमित गरी ६ सय ८२ जना एचआईभि संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८१÷०८२ मा जोखिमयुक्त १७ हजार ४१४ जनामा एचआईभि टेष्ट गरीएकोमा ३२ जनामा पोजिटिभ देखिएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा २० हजार ४ जनामा...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ । उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज