कञ्चनपुरमा वन उपभोक्ताको दबाब बढ्दो: २४ बुँदे ज्ञापनपत्रसहित सुधारको माग
कञ्चनपुरमा वन नीतिगत जटिलता र कार्यान्वयनमा देखिएका समस्याविरुद्ध वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको नेतृत्वमा विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले डिभिजन वन कार्यालय कञ्चनपुरमा २४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका हुन्।
ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले वन ऐन, नियमावली तथा कार्यविधिमा रहेका जटिल प्रावधानहरूले काठ–दाउरा संकलन, वितरण तथा वन व्यवस्थापनमा अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले वर्तमान व्यवस्था उपभोक्तामैत्री नभएको उल्लेख गर्दै व्यवहारिक सुधार नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।
उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, काठ–दाउराको सहज उपलब्धता सुनिश्चित गर्न तथा वन पैदावारको पारदर्शी मूल्य निर्धारण गर्न माग गरेका छन्। साथै, वन कार्ययोजना स्वी...












