×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

Day: ३० बैशाख २०८३, बुधबार

खप्तड — प्रकृति, अध्यात्म र जैविक विविधताको अनुपम संगम

खप्तड — प्रकृति, अध्यात्म र जैविक विविधताको अनुपम संगम

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
खप्तड — प्रकृति, अध्यात्म र जैविक विविधताको अनुपम संगम सुदूरपश्चिम नेपालको मुटुमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज प्रकृति, अध्यात्म, संस्कृति र जैविक विविधताको अनुपम संगमका रूपमा परिचित छ । हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका घना वनजंगल, हिमशृंखलाको मनोरम दृश्य, चिसो हावा, निर्मल दह र शान्त वातावरणले खप्तडलाई पृथ्वीको स्वर्गीय भूभागको अनुभूति गराउँछ । मानसिक थकान, तनाव र भीडभाडपूर्ण जीवनबाट केही समय टाढा रहन चाहनेका लागि खप्तड आत्मिक शान्ति र प्राकृतिक आनन्दको अद्वितीय गन्तव्य बनेको छ । पौराणिक तथा धार्मिक महत्त्व पौराणिक मान्यताअनुसार पाण्डव राजा युधिष्ठिर यही मार्ग हुँदै स्वर्ग गएको विश्वास गरिन्छ । हिन्दु धर्मग्रन्थ स्कन्द पुराण मा खप्तडलाई “खेचराद्री” नामले उल्लेख गरिएको पाइन्छ । समयक्रमसँगै यही शब्द रूपान्तरण हुँदै “खप्तड” बनेको मानिन्छ । धार्मिक दृष्टिले अत्यन्त मह...
कञ्चनपुरमा जेठ १ गतेदेखि १६औँ राष्ट्रपति रनिङ शिल्ड नौ स्थानीय तहका ८ सय ४६ खेलाडीबीच तीन दिनसम्म प्रतिस्पर्धा

कञ्चनपुरमा जेठ १ गतेदेखि १६औँ राष्ट्रपति रनिङ शिल्ड नौ स्थानीय तहका ८ सय ४६ खेलाडीबीच तीन दिनसम्म प्रतिस्पर्धा

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, ३० वैशाख — कञ्चनपुरमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद समिति कञ्चनपुरको आयोजनामा प्रतियोगिता बेदकोट नगरपालिका–६ सिसैयास्थित खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्षले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै खेल मैदान, प्राविधिक व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसु गरी छ विधामा छात्र तथा छात्रातर्फ प्रतिस्पर्धा गराइनेछ । आयोजकका अनुसार प्रत्येक स्थानीय तहबाट भलिबलमा ९/९, कबड्डीमा ९/९, एथलेटिक्समा ११/११, तेक्वान्दोमा ६/६, कराँतेमा ६/६ तथा उसुमा ६/६ खेलाडी सह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज