Advertisement

Author: धर्मा रोकाया

चार सातापछि संक्रमण घट्न सक्छ : स्वास्थ्यमन्त्री

चार सातापछि संक्रमण घट्न सक्छ : स्वास्थ्यमन्त्री

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि संक्रमणको गति घट्न सक्ने बताएका छन । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।...
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको  परिक्षणको  नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला,  वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ। बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि...
‘यास’ चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षाको सम्भावना

‘यास’ चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
‘यास’ चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ ।चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश-२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई  स्थानमा  हल्का वर्षा भइरहेको छ । आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज