चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा
राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।
’आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’यो खबर पढेर तपाईलाई कस्तो ...















