बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग
कञ्चनपुर : कञ्चनपुरको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि पालिकाले चासो नदिएपछि प्रशासनलाई गुहार गरेको बताए ।
उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । आफुहरुले निरन्तर जनचासोका विषयमा मुद्दा उठान गरेपनि पालिकाले चासो नदिएको उनको गुनासो छ ।
विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण गरेको जेनजीहरुको आरोप छ । जेनजी समुहका अगुवा लक्ष्मण दियालल...















