मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा रहेको मेगा सहकारी उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैकले २२औ बार्षिक साधारण सभाको अवसरमा भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोवार गर्ने संस्थाहरुमध्ये उत्कृष्ठ बचत तथा ऋण कारोवार गरेको भन्दै सम्मान पत्रका साथै पुरस्कृत गरेको हो ।
मेघा बचत तथा ऋण सहकारीले सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा योगदान पु¥याएको राष्ट्रिय सहकारी बैकले जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च...












