कञ्चनपुरमा कानुन दिवस शुभकामना आदानप्रदान गरी मनाइयो
महेन्द्रगनर-उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि कानून दिवस मनाइएको हो । शुक्रवार एक कार्यक्रम गर्दै ७३ औँ कानुन दिवस मनाइएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक बहादुर बोहराले जानकारी दिनुभयो ।
कार्यक्रममा उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायधिस उज्ज्वल सुक्ल, न्यायधीस फृर्पा तामाङ, रजिष्ट्रार जनक बहादुर बोहरा, उच्च सरकारी वकिल कार्यालयका प्रमुख उप महान्यायाधिवक्ता धर्मराज जोशी, जिल्ला अदालत कञ्चनपुरका न्यायधिस राजेन्द्र सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० खड्क बहादुर खत्री, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार तारा प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्नुहुँदै रजिस्ट्रार जनक बहादुर बोहरा...





















