बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् ।
स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो ।
पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् ।
पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भ...













