जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा तिन लाख बढि मूल्य बरावरका कर छलीका सामान बरामद
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कर छली गरी भित्र्याईएका तिन लाख मूल्य बढिका सामान बरामद गरेको छ । बुधबार जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु तिन लाख दुई हजार एक सय पचास हजार मूल्य बरावरको करछली गरी भित्र्याईएको सामान बरामद गरेको हो ।
बरामद गरीएको सामानमा चिनी, प्याज, सुट, कट्टु, भेष्ट, साडी, कालो मरिच कपडा, जुत्ता र किराना सामान रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर दत्त भट्टले नयाँ खवर डटकमलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भट्टका अनुसार बरामद गरीएको उक्त सामान आवश्यक कानूनी कारवाहीका लागि गड्डाचौकी भन्सार काार्यालय पठाएको छ ।...













