बेलडाँडी गाउपालिका अध्यक्ष राना सर्वोच्चको आदेश लत्याउदै, शिक्षक पदपूर्ति प्रक्रिया रोक्नुको साटो तिव्रगतिमा गर्दै
महेन्द्रनगर–बेल्डाँडी गाउँपालिकाले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लत्याउदै शिक्षक पदपूर्ति गर्ने प्रक्रियालाई तिव्रता दिएको छ । सर्वोच्च अदालतले गाउँपालिकाको सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा व्यवस्थापन कार्यविध २०८२ अनुसार थालिएको आन्तरिक पदपुर्ति प्रक्रियामा त्रुटी र कार्यविधि शिक्षक सेवा आयोगसंग बाझिएको भन्दै पदपूर्ति प्रक्रिया रोक्न सोमबार अन्तरिम आदेश दिएको थियो । बेलडाँडी गाउँपालिको आन्तरिक शिक्षक पदपूर्ति निर्णय विरुद्ध मीन बहादुर विष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गाउँपालिकाले वर्षौदेखि विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका ३५ जना निजी स्रोत शिक्षकको विस्थापित गरी उनीहरुको स्थानमा २१ जना नयाँ शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।
गाउँपालिकाले साउन १२ गते सार्वजनिक सूचना गरी आवेदन संकलन गरी परीक्षा सञ्चालन गर्ने क्रममा सर्वोच्च अदाल...














