पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय
महेन्द्रनगर कञ्चनपुर-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिहरू सरसफाई जुटेका छन्। पालिकामा जलेर नष्ट भएका र टुटफुट भएका सरसामानहरू मात्र यत्र तत्र देखिन्छन्। पालिकाका कोठाहरू आगोको धुवाले पुरै कालो अवस्थामा देख्न सकिन्छ।रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन अगाडि सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जानकारी दिएको थियो।
बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर आफू खुसी सहयोग दिन चाहेमा जिन्सी ...














