×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २२ पुष २०८२, मंगलवार

कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत

कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
कंचनपुर कञ्चनपुर । दशकौँदेखि सत्तामा रहे पनि जनताको जीवनस्तर बदल्न नसकेको पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक विकल्प प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। कञ्चनपुरस्थित पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर ३ समिति सभापति कर्णबहादुर चन्दको सभापतित्वमा बसेको निर्वाचन क्षेत्र समिति, पालिका सभापति तथा केन्द्रीय नेताहरूको संयुक्त बैठकले कुनै मतभेदबिना महतालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। पार्टी संगठन निर्माणदेखि नीति निर्माणसम्म सक्रिय र प्रभावकारी भूमिका खेलेका महता सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन्। यही अ...
संरक्षण अभावमा बैतडीको कुल्लेककोट दरबारका ऐतिहासिक शिलालेख र मूर्ति जोखिममा

संरक्षण अभावमा बैतडीको कुल्लेककोट दरबारका ऐतिहासिक शिलालेख र मूर्ति जोखिममा

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी  कुनै समय सामाजिक न्याय र अन्याय छुट्याउने ऐतिहासिक थलोका रूपमा परिचित बैतडीको कुल्लेककोट दरबार संरक्षणको अभावमा ओझेलमा परेको छ। संरक्षण नहुँदा यहाँ रहेका बहुमूल्य ऐतिहासिक शिलालेख र पुरातात्विक मूर्तिहरू डाँडामा अलपत्र अवस्थामा छन् भने दरबार संरचना भत्किँदै ढुङ्गा छरपस्ट भएका छन्। नजिकै रहेको ऐतिहासिक कुवा समेत पुरिन थालेको छ। दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा अवस्थित कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेखीय प्रमाणहरू फेला परेका छन्। तर समयमै संरक्षण नहुँदा दरबार क्षेत्रका ऐतिहासिक महत्व बोकेका संरचना र वस्तुहरू जोखिममा पर्दै गएका छन्। कुल्लेककोटबाट दक्षिणतर्फ ग्वाल्लेक धुरा नामक अग्लो डाँडामा रहेको ‘धज्या ढुङ्गा’ पनि ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीयवासीका अनुसार तत्कालीन समयमा गाउँमा आक्रमण हुन लाग्दा यही ...
अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाडी गाउँपालिकाले संघीय तथा प्रदेश कानुन र अदालतका आदेशलाई बेवास्ता गर्दै मनपरी निर्णय गर्दै आएको आरोप लागेको छ। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूमा कानुनी ज्ञानको अभाव देखिँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बेल्डाडी गाउँपालिकाको कार्यपालिका सदस्यहरूमध्ये अधिकांशले न्यून शैक्षिक योग्यता हासिल गरेका छन् भने नियम–कानुनको पालना गर्नुपर्ने दायित्वप्रति गम्भीरता नदेखाएको स्थानीय सरोकारवालाहरूको भनाइ छ। गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना स्वयं SLC उत्तीर्ण र करिब १०–१२ वर्ष प्राथमिक तहका राहत शिक्षकका रूपमा कार्य गरेको पृष्ठभूमि भए पनि उनको कार्यकालमा शैक्षिक अवस्था झन् कमजोर बन्दै गएको आरोप छ। ३१ निजी शिक्षक हटाउने निर्णयबाट विवाद सुरु गाउँपालिकाले मिति २०८२/०४/०५ मा विगत १५–२० वर्षदेखि सामुदायिक विद्यालयमा अध्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज