Advertisement

सुदूरपश्चिम

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ मन्दिर सरक्षण समितिले २१ असोज(मंगलबार)देखि धार्मिक महामहोत्सव संचालन हुने भएको हो । धार्मिक महामहोेत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले महायज्ञको सबै तयारी अघि बढाएको बताए । अध्यक्ष पुजाराले मन्दिरको चौतर्फि बृद्धि विकासका लागि महायज्ञ आयोजना गरिएको बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’ मन्दिरमा स्तरिय संतसंग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ । बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरमा रहेको कार्यालयबाट भाद्र ३० गतेदेखि सहुलियत दरमा चामल विक्रि गरीरहेको हो । कम्पनीले आगामी कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल विक्रि गर्ने जनाएको छ । कम्पनीले दशै दिपावलीलाई लक्ष्यीत गरी सर्वसाधरणका लागि मोटो र मसिनो गरी दुई प्रकारको चामल सहुलियत दरमा विक्रि गरीरहेको कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘हामीले विगत बर्षजस्तै यस बर्षपनि सहुलियत दरमा चामल विक्रि गरीरहेका छौ,’ कार्यालय प्रमुख महराले भने, ‘जीरा मसिनो चामल र मोटो चामल गरी दुई क्याटगेरीको चामल राखेका छौ ।’ मोटो र मसिनो चामल प्रति किलो पाँच रुपैँया सहुलियतमा बिक्री गरीरहेको कार्यालय प्रमुख महराले बताए । उनका अनुसार कम्पनिले जिरा मसिनो र मोटो चामलको क्रमश...

कञ्चनपुरमा बुवा र छोराको एकै दिन मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर असोज ४। कञ्चनपुरमा राना परिवारमा ठुलो बज्रपात परेको छ। जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी पशुपती टोल बस्ने राना परिवारका बुवा– छोराको एकै दिन निधन भएपछी परिवारमा निकै ठुलो बज्रपात परेको हाे भने गाउँ पुरै शोकमा डुबेको छ कञ्चनपुर जिल्लाको गड्डाचौकी ११ मा रहेको जलशा होटलका संञ्चालक दान बहादुर राना र उनका छोरा बिक्बी रानाको एकैदिन निधन भएको पारिवारिक स्रोतको भनाई रहेको छ । दान बहादुर राना कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा रहेको जलशा होटलका संञ्चालक र होटल व्यावसायी पनि हुन । उनका छोरा बिक्कीले पनि बुवालाई होटलमा सघाउदै आएका थिए । बिक्की बिरामी भएपछी उनलाई उपचारको लागि भारतको बरेल लगिएको थियो । यता बिक्कीका बुवालाई पनि विसन्चो भएर उपचारको लागि कैलालीको धनगढी लगिएको थियो ।असोज ३ गते बिक्कीको उपचारको क्रममा बरेली अस्पतालमा निधन भएको हो भने यता धनगढीमा उपचारकै क्रममा रहे...
मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो । त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार ...
पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय

पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर कञ्चनपुर-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिहरू सरसफाई जुटेका छन्। पालिकामा जलेर नष्ट भएका र टुटफुट भएका सरसामानहरू मात्र यत्र तत्र देखिन्छन्। पालिकाका कोठाहरू आगोको धुवाले पुरै कालो अवस्थामा देख्न सकिन्छ।रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन अगाडि सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जानकारी दिएको थियो। बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर आफू खुसी सहयोग दिन चाहेमा जिन्सी ...
पुनर्वास नगरपालिकालाई दावत तामाङकाे सहयाेगसहयोग

पुनर्वास नगरपालिकालाई दावत तामाङकाे सहयाेगसहयोग

Breaking News 1, अर्थ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जिल्लाको दक्षिणी भेग पुर्नवास नगरपालिकामा यही भदौ २४ गते जिनजी समूहकाे आन्दोलनले नगरपालिकामा तोडफोड र आगजनी ले गरेको थियो पालिकालाई पुनर्निर्माण र सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले पूर्नवासका युवा व्यवसायी दाबत तामाङ ले पालिकालाई अति आवश्यक महत्वपूर्ण सामग्री हस्तान्तरण गर्नुभएको छ। उहाँले पालिकालाई चार ४ थान कम्प्युटर दुई २थान दराज दुई २थान टेबल दुई २थान प्रिन्टर सहितका सामग्रीहरू नगरपालिकाका नगरप्रमुख ताेयराज शर्मा लाई हस्तान्तरण गर्नुभएको छ र उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख सहित कार्यालय प्रमुख को समेत उपस्थिति रहेको थियो।   साथै नगर प्रमुख शर्माले यस्तो कठिन अवस्थामा पालिकालाई अति आवश्यक सामग्री हस्तान्तरण गरी ठूलो सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। र अझै पालिकालाई आवश्यक पर्ने सामग्रीहरू सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुलाई सहयोग गर्न आ...
जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्षक बस्न...
सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे छ । २६ बर्षदेखि सहकारी क्षेत्रमा कार्यरत रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे हो । केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर, कञ्चनपुर रहेको सहकारीको तथ्याङ्क अनुसार निरन्तर हरेक बर्ष बचत, शेयर पुँजी, लगानी, नाफा बृद्धि गर्दै आईरहेको छ । २६ हजार २ सय १८ सदस्य रहेकोे उक्त सहकारीले हालसम्म १ अर्ब, ९९ करोड, ६५ लाख, ३२ हजार ६९४ रुपैया बराबरको निक्षेप संकलन गरेको हो । जुन गत आर्थिक बर्षको तुलनामा १२।१२ प्रतिशतले बृद्धि भएको जनाएको छ । १अर्ब, ६३ करोड ३०लाख, १७ हजार, ४४८रुपैया ऋण लगानी गरेकोे सहकारीले गत बर्षको तुलनमा ७।४५ले बृद्धि गरेको छ । गत आर्थिक बर्ष ०८१÷०८२मा कुल २९ंकरोड, ३३लाख, ८१ हजार ६...
लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्री बनाउन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको पत्र

लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्री बनाउन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको पत्र

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– राष्ट्रसेवक कर्मचारी अनिल चन्दले लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । सामान्य प्रसासन मन्त्रालयमा अनुभवि, दक्ष र ईमान्दार व्यक्तित्वको आवश्यकता पर्ने कुराको उल्लेख गर्दै चन्दले सोमबार सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई दिन उपयुक्त हुने सल्लाहसहित पत्र लेखेको हुन् । लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले आयोग अध्यक्ष मैनालीसंग सुशासन प्रशासन बनाउन थुप्रै अनुभव भएका कारण मन्त्री बनाउदा मन्त्रालयको गरीमा र प्रभावकारी बढ्ने पत्रमा उल्लेख गरेका छन् । मैनालीले लोक सेवा आयोगको अध्यक्ष हुदा आयोगको व्यवस्थापनदेखि लिएर सुशासन, प्रबद्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको कुराले सामान्य मन्त्रालयको नेतृत्व...
सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २९भदौँ –२४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो । सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारी तोडफोड गरेर पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’ २३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज