नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको ९औं जिल्ला अधिवेशन शुरु
महेन्द्रनगर-नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको ९ औं जिल्ला अधिवेशनको सुरु भएको छ । आज सुदुरपस्चिम प्रदेशका अर्थ मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष महेश कुमार जोशीको सभापतित्वमा उद्योग वाणिज्य संगको सभाहलमा सुरु भएको हो ।
नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला सभापति गौराज़ लिम्बूले कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सबैभन्दा क्षमतावान नेतृत्वको चयन हुने आशा व्यक्त गर्नु भयो । उहाले समग्र निजामती कर्मचारीको हकहितमा काम गर्नसक्ने नेतृत्व चयनको शुभकामना दिनुभयो ।
त्यसै गरी निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले कार्यक्रम सफलताको कामना गर्दै सरकारलाई निर्माण व्यवसायीका समस्यामा गम्भीर हुन आग्रह गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति सदस्य कमलापति भट्टले निजामती ऐनलाई स...





















