×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनमा २२० मत खस्यो, ४ मतदाता अनुपस्थित

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनमा २२० मत खस्यो, ४ मतदाता अनुपस्थित

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर धनगढी सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कुल २२४ मतदातामध्ये २२० जनाले मतदान गरेका हुन्। उनका अनुसार मतदानमा ४९ जना प्रदेशसभा सदस्य र १७१ जना पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष सहभागी भएका थिए। बाँकी ४ मत भने खस्न सकेनन्। मतदानमा अनुपस्थित रहनेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्। महिलातर्फ एक र अन्य समूहमा एक गरी दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। यसका लागि जम्मा चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनतर्फ महिलातर्फ एमाल...
राप्रपा कञ्चनपुर–२ र ३ का उम्मेदवारद्वारा चुनावी एजेन्डा सार्वजनिक

राप्रपा कञ्चनपुर–२ र ३ का उम्मेदवारद्वारा चुनावी एजेन्डा सार्वजनिक

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ र ३ का उम्मेदवारले उम्मेदवारी दर्तापछि बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। कञ्चनपुर–३ का उम्मेदवार पूर्ण बहादुर चन्द र कञ्चनपुर–२ का उम्मेदवार तिर्थराज चटौतले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता र योजनाहरू सार्वजनिक गरेका हुन्। कञ्चनपुर–३ का उम्मेदवार चन्दले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमूना क्षेत्र बनाउने घोषणा गरे। राप्रपा निष्कलंक पार्टी भएकाले यसपटक जनताले पार्टीप्रति विश्वास गर्ने उनको दाबी थियो। विगतमा निर्वाचित सांसदहरूले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा चासो नदिएको उल्लेख गर्दै उनले कञ्चनपुर–३ औद्योगिक, व्यवसायिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना बोकेको उर्बर भूमि भएको बताए। उनले भारतको राजधानी दिल्लीसम्मको नजिकको दूरी,...
विपद् जोखिम न्यूनीकरणमा उदाहरणीय कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगदसहित सम्मानित

विपद् जोखिम न्यूनीकरणमा उदाहरणीय कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगदसहित सम्मानित

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट तथा नमुना कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगद राशिसहित सम्मानित भएको छ। देशभरिका स्थानीय तहहरूमध्ये विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र सूचनाप्रणालीको विकासमा उल्लेखनीय योगदान दिएको आधारमा दोधाराचाँदनी नगरपालिका सम्मानका लागि एकमात्र नगरपालिका रूपमा छनोट भएको हो।...
बैतडीको देहिमाण्डौस्थित निङ्गलाशैनी मन्दिर: मानसखण्डकै सबैभन्दा पुरानो प्राचीन शक्तिपीठ

बैतडीको देहिमाण्डौस्थित निङ्गलाशैनी मन्दिर: मानसखण्डकै सबैभन्दा पुरानो प्राचीन शक्तिपीठ

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी जिल्लाको देहिमाण्डौमा अवस्थित निङ्गलाशैनी मन्दिरलाई मानसखण्ड क्षेत्रकै सबैभन्दा पुरानो, प्राचीन तथा ऐतिहासिक भगवती मन्दिरका रूपमा मानिन्छ। निङ्गलाशैनी भगवती स्फुटित भगवतीका रूपमा पूजित रहँदै आएकी छन् भने यहाँ वैदिक सनातन विधिअनुसार नित्य पूजा–आराधना हुँदै आएको छ। ऐतिहासिक अभिलेखअनुसार विक्रम संवत् १९४५ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेर राणाको पालामा निङ्गलाशैनी मन्दिरलाई नेपाल सरकारको धार्मिक स्थलका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि विक्रम त् १९८४ मा प्रधानमन्त्री चन्द्र शमशेर राणाको शासनकालमा पनः अध्यावधिक गरी नेपाल सरकारमा औपचारिक रूपमा धार्मिक स्थलका रूपमा दर्ता गरिएको तथ्य पाइन्छ। उक्त दर्ता हालसम्म पनि यथावत् रहेको छ। यस ऐतिहासिक प्रमाणले बैतडी जिल्लामा रहेका भगवती मन्दिरहरूमध्ये निङ्गलाशैनी मन्दिर सबैभन्दा पुरानो, प्राच तथा स्फुटित महामाया शक्तिपीठ भएको स्पष्ट ...
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को कार्यलयले सर्वदलिय डाक्यो

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को कार्यलयले सर्वदलिय डाक्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
कंचनपुर महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी गतिविधि तिव्ररुपमा अगाडि बढेका छन् । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा स्थापना गरीएका अधिकृतका कार्यालयहरुले निर्वाचन कार्यतालिका अनुसार कार्य सुरु गरेका हुन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन क्षेत्र नं. २ झलारीस्थित निर्वाचन कार्यलयले फागुन ६ गते मनोनयन दर्ताका लागि माघ ५ गते सर्व...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर महेन्द्रनगर । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार पाँचसय ७४ मतदाता रहेका छन भने ४३ वटा मतदान स्थल र एक सय २३ वटा मतदान केन्द्र रहेका छन । कार्यालय स्थापना भएसँगै निर्वाचन सम्बन्धिको काम सुरु भएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए । उनका अनुसार, माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।...
कपडा बैंक साहिलेक, बैतडीमा मानवीय सहयोगको पहल

कपडा बैंक साहिलेक, बैतडीमा मानवीय सहयोगको पहल

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कन्चन्पुर बैतडी, साहिलेक —“कपडा हुनेले सहयोग गरौँ, कपडा नहुनेले लगेर जानुहोस्”  भन्ने नारासहित बैतडीको साहिलेक दशरथ चन्द नगरपालीका मा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ। स्थानीय युवाहरुको पहलमा सुरु गरिएको यो अभियानले समुदायमा सहयोग र सहानुभूतिको राम्रो उदाहरण प्रस्तुत गरेको छ।  कपडा बैंकको उद्देश्य घरघरमा रहेका प्रयोगयोग्य तर अनुपयोगी कपडाहरू संकलन गरी ती कपडाहरू आवश्यकताअनुसार अभावमा रहेका परिवारहरूलाई निःशुल्क वितरण गर्नु हो। कपडा बैंकका संयोजकका अनुसार, “हामीले कपडा मात्र बाँडिरहेका छैनौं, एक आपसमा सहयोग गर्ने संस्कृतिलाई विस्तार गर्दैछौं।” उनका अनुसार स्थानीय दाजुभाइ, दिदीबहिनीहरूले पुराना तर सफा कपडाहरू दान गर्दै राम्रो सहभागिता जनाइरहेका छन्। यो अभियान विशेष गरी जाडो मौसममा असहाय, वृद्ध, बालबालिका तथा विपन्न परिवारका लागि ठूलो राहत बनेको छ। स्थानीय बासिन्दा र सामाजिक ...
कपडा बैंक साहिलेले तिन वर्षको सफल यात्रा पूरा गर्‍यो

कपडा बैंक साहिलेले तिन वर्षको सफल यात्रा पूरा गर्‍यो

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी — “हुनेले दिने, नहुनेले लजाउन नपर्ने” भन्ने मूल उद्देश्यका साथ सुरु गरिएको कपडा बैंक साहिलेले सञ्चालनको  तीन वर्ष  सफलता पुर्ब  पूरा गरेको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध लक्ष्यसहित सुरु गरिएको यो अभियान आजसम्म आइपुग्नु सबैको सामूहिक प्रयासको परिणाम भएको कपडा बैंकले जनाएको छ। यस अवसरमा कपडा बैंक साहिलेका सदस्य उद्धव सिंह मार्कण्डले विभिन्न संघ–संस्था, सहयोगी दाताहरू तथा व्यक्तिगत रूपमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले हजुरहरूको माया, सहयोग र प्रेरणाकै कारण यो सामाजिक अभियान निरन्तर रूपमा अघि बढ्न सफल भएको बताउनुभयो। आगामी दिनहरूमा पनि यसैगरी सबैको माया, साथ र सहयोग प्राप्त भइरहनेछ भन्ने पूर्ण विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो। कपडा बैंकको सञ्चालनमा प्रत्यक्ष तथा अप्रत...
ऋण कागजातमै फरक रकम देखाएर एनएमबी बैंकद्वारा घर लिलाम, अजय बिक न्यायको खोजीमा

ऋण कागजातमै फरक रकम देखाएर एनएमबी बैंकद्वारा घर लिलाम, अजय बिक न्यायको खोजीमा

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर महेन्द्रनगर – एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका–१० का अजय बिकको घर लिलाम गरेको प्रकरणमा ऋण स्वीकृत पत्र र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक–फरक रकम उल्लेख गरिएको तथ्य खुलेको छ।  बैंकले २०७५ कार्तिक २० गते अजय बिकलाई उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा आवास कर्जा शीर्षकमा २९ लाख ५० हजार रुपैयाँ ऋण दिएको उल्लेख छ। तर सोही दिन मालपोत तथा भूमि सुधार कार्यालयमा बिककी श्रीमती ज्ञानु विकको नाममा रहेको जग्गा धितो राखी तयार गरिएको दृष्टिबन्धक लिखतमा भने ३७ लाख रुपैयाँ ऋण लिएको देखाइएको छ।उक्त कर्जा प्रस्ताव एनएमबी बैंकको तत्कालीन कञ्चन डेभलपमेन्ट बैंक, झलारी शाखाबाट दिइएको हो। बैंकले ऋण सुविधा प्रस्ताव गरेको दिन नै ज्ञानु विश्वकर्माको नाममा रहेको जग्गा धितो राखी मालपोत कार्यालयमा रोक्का गराएको थियो। ऋण सुविधा पत्र र मालपोतमा पेश कागजातमा उल...
वेदकोट  नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड  भव्य रूपमा सम्पन्न  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय जडेपानी प्रथम

वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय जडेपानी प्रथम

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
वेदकोट नगरपालिकाको आयोजनामा नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय जडेपानीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज