भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह
कञ्चनपुर । भोलिदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् हरि प्रसाद दाहालका अनुसार भोलि(बुधबार) बाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।
‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।...





















