नेकपा एमालेको धनगढी विशेष सभामा कञ्चनपुरबाट १० हजार बढी जनसहभागिता हुने
महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो ।
नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिट...













