प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिताको उपाधी ८ नम्बर वडलाई
धर्मा रोकाया, कञ्चनपुर २६ । कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ । कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ । उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन ।
कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि भलिबल सहितका खेलकुद प्र...





















