कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कञ्चनपुर
महेन्द्रनगर । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार पाँचसय ७४ मतदाता रहेका छन भने ४३ वटा मतदान स्थल र एक सय २३ वटा मतदान केन्द्र रहेका छन ।
कार्यालय स्थापना भएसँगै निर्वाचन सम्बन्धिको काम सुरु भएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए । उनका अनुसार, माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।...





















