स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न
रीदम दत्त पन्त
महेन्द्रनगर–महेन्द्रनगरमा स्थानीय तह र सरोकारवालाहरुसंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा सरोकारवालासंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको बारेमा प्रकास पार्दै विविध विषयमा प्रस्तुति राखेका थिए । उनले अनिवार्य तथा निशुल्क शिक्षा, नेपालको संविधानमा शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी नियम, अनिवार्य तथा निशुल...





















