जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो
महेन्द्रनगर–जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर १२ रहेको जोगबुडा अस्पतालले शुक्रबारदेखि आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको हो । परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले विधिबधरुपमा पुजा आजा गरी नयाँ भवनबाट सेवा प्रवाहको समुद्धघाटन गरेका हुन् ।
अस्पतालको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख जोशीले चाडो भन्दा चाडो अस्पतालको थप, उपकरण सेवा सहित ब्यवस्थापकिय पक्षमा पहल गरिने बताए । संघ र प्रदेश सरकार समक्ष पटक–पटक पहल भइ रहेको उहाँले बताउनुभयो ।
भित्री मधेशका जनताले बाह्य शहर र मुलुकमा धाउनु नपरोस भनेर अस्पतालको सेवा प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख जोशीले बताउनुभयो । ‘स्वास्थ्य सेवा बाट परशुराम र आलितालका कोहि पनि बासिन्दाले बाह्य मुलुक र धनगढी, काठमाडौं, नेपालगन्ज धाउनु नपरोस भनी जोगबुडा अस्पतालको सेव...





















