×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

राजनीति

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर –१० स्थीत सार्कीटोलमा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न गरीएको छ । शुक्रबार स्वीट नेपालको सहकार्य तथा बेदकोट नगरपालिका वडा नं. १०को आयोजनामा वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई छाउपढी कुप्रथाकाबारेमा थप सचेतना प्रदान गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । बेदकोट १०को वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा विभिन्न टोलमा रहेका २३ वटा छाउगोठ भत्काएको थियो । वडा नं. १० का वडा अध्यक्ष रतन बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउपढी गोठहरु धार्मिक नभएको कारण स्वस्फुर्तरुपमा भत्काएकाले स्थानीयहरुमा धन्यवाद व्यक्त गरे । ‘विभिन्न सामाजिक कार्यक्रर्ताहरुको अगुवाईमा स्थानीयहरुले आफैले छाउप...
नेपाल बाल संगठनको जिल्ला समिति गठन, अध्यक्षमा भट्ट

नेपाल बाल संगठनको जिल्ला समिति गठन, अध्यक्षमा भट्ट

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धर्मा रोकाया महेन्द्रनगर– नेपाल बाल संगठन, अर्थात् “बालमन्दिर”, कंचनपुरको जिल्ला सभा तथा अधिवेशन महेन्द्रनगरमा सम्पन्न भएको छ । कंचनपुरको महेन्द्रनगरमा आज सम्पन्न जिल्ला अधिवेशनले दिर्घराज भट्टको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको छ । सर्वसम्मत हुनुभएका सम्पुर्ण कार्यसमिति सदस्यहरुमा महेश दत्त भट्ट, तर्कराज भट्ट, पार्वती अवस्थी, गोपिलाल कंडेल, राम बहादुर कुवँर र धर्मसिह भाट रहेका छन । बाल संगठन कंचनपुरका तदर्थ समितिका अध्यक्ष दिर्घराज भट्टको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष बिद्या बिद्या उपाध्याय न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदै कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालका अनाथ बालबालिकाको संरक्षणका लागि यो संस्थाले खेलेको भूमिका अविस्मरणीय भएपनि हाल आएर काम भन्दा पनि कुरा वढि हुने प्रवृत्तिका ...
सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को बार्षिक साधारण सभा सम्पन्न भएको हो । आइतबार कृष्णपुर नगरपालिका ६ सिहपुर सामुदायिक वनमा आयोजित बार्षिक साधारण सभामा सामुदायिक वन समन्वय समिति९सिएफसीसी०का अध्यक्ष महेश दत्त जोशीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको बताए ।   गत आर्थिक बर्ष ०८१/०८२ मा थुप्रै सरक्षणका योजना सम्पन्न गरिएको बताउँदै अध्यक्ष जोशीले तराई भूपरिधी९ताल० लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा ...
विदा नलिई बेदकोटका नगर प्रमुख बोहराका सचिवालयका कर्मचारी विदेश भ्रमणमा

विदा नलिई बेदकोटका नगर प्रमुख बोहराका सचिवालयका कर्मचारी विदेश भ्रमणमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत करार कर्मचारी प्रकाश कलौनी विदा नलिई एक हप्तालामो थाईल्याण्ड भ्रमणमा गएका छन् । नगर प्रमुख बोहराको सचिवालनमा कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत कर्मचारी प्रकास कलौनी बेदकोट नगरपालिकाको स्विकृतिविना एक हप्ता लामो विदामा बसेका हुन् । एक हप्ता लोमो समय बिदा नलिईकनै कलौनी थाईल्याण्डको भ्रमणमा गएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि खुलेको छ । नगरपालिकाले साउन ९ गतेदेखि कार्यालयमा हाजिर नभएको र लिखितरुपमा विदा पनि नलिएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव दत्त भट्टले नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी कलौनीद्धारा विदाका लागि कुनै पनि भौतिक निवेदन पेश नगरीएको बताए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले पनि कलौनीले कुनै पनि किसिमको विदा नलिएको नलिएको बताए । निजामति कर्मचारी ...
निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुगेको छ । तर, दोषी अझै कानुनी कठघराबाहिरै छन् । पछिल्लो सात वर्षमा पाँच गृहमन्त्री फेरिए भने ६ जना प्रहरी महानिरीक्षक बदलिए । तर, न्यायको पर्खाइमा उभिएको निर्मलाको परिवार आस मार्दै छ ।   भीमदत्त नगरपालिका– २, उल्टाखामकी निर्मलाको ११ साउन ०७५ मा उखुबारीमा शव फेला परेको थियो । त्यसको अघिल्लो दिन उनी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै हिँडेकी थिइन् । हत्याको ८४ महिनासम्म रहस्य खुलेको छैन । यसबिचमा कञ्चनपुरमा १० एसपी परिर्वतन भए । उतिवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानमा निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीप विष्टलाई अभियुक्त देखाइएको थियो । प्रहरीले किट...
एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
                                                                            महेन्द्रनगर–नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले बृक्षारोपण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कार्य समितिले शुक्रबार दोधाराचाँदनी नगरपालिकादेखि बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरीरहेको छ । ‘दोधाराचाँदनी नगरपालिकाबाट शुरु भए १५ साउन सम्म सञ्चालन हुने कार्यक्रम ९ वटै पालिका कमिटीले रचनात्मक ,सामाजिक कार्यहरूगरेर सहिद सप्ताह मनाउँछौँ, ‘उनले भने, ‘आज पहिलो दिन नेपाल निजामती कर्मचारी संगठन दोधारा चादनी पालिका कमिटीले दोधारा चादनी अस्पताल परिसरमा फलफुलका बिरुवा रोपेको छ, यसरी नै क्रमिक रुपमा जिल्लाभरी कार्यक्रम संचालन हुन्छन ।’ कार्यक्...
माओवादी केन्द्रले अखिल क्रान्तीकारीसंग ग¥यो छलफल

माओवादी केन्द्रले अखिल क्रान्तीकारीसंग ग¥यो छलफल

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी कञ्चनपुरले माउ पार्टि माओवादी केन्द्रसंग अन्तरक्रिया गरेको छ । मंगलबार पाटी र विद्यार्थी संगठनविच स्ववियु निर्वाचन बारे छलफल, अन्तरकृया भएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल ब. धामी(अबिरल)ले बताए । आगामी १४ साउनमा हुने सुपविको स्ववियु निर्वाचनलार्य लक्षीत गरी उक्त कार्यक्रमको आयोजना गरीएको उनले बताए । ओवादी केन्द्रका नेताहरुले अखिल क्रान्तिकारीलाई विद्यार्थीको हकहितका साथै सुपविभित्र रहेका शैक्षिक बिकृती बिरुद्ध शसक्त भएर संघर्ष गर्दै विश्वविद्यालय सुधारोन्मुख बनाउन केन्द्रीत हुनुपर्नेमा जोडदिए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल, संसदीय दलका नेता खगराज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, संविधान सभा सदस्य कमल क्षेत्री(हरिस ठकुल्ला), जिल्ला इन्चार्ज समेत रहेका संविधान सभा सदस्य टेकेन्द्र ...
कञ्चनपुर जिल्ला अदालतमा मुद्दा फछ्र्यौटमा बृद्धि

कञ्चनपुर जिल्ला अदालतमा मुद्दा फछ्र्यौटमा बृद्धि

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका बर्षहरुकोे तुलनामा अदालतले कामकाज तिव्रता ल्याउँदै मुद्दा फछ्र्यौटमा बृद्धि गरेको होे । अदालतको चार बर्षको तथ्याङ्क अनुसार बर्षनी मुद्दा फछ्र्यौट गर्ने प्रतिशत बढाएको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ हजार ८मुद्दा मध्ये आधा भन्दा कम ७सय १० मात्रै फट्यौट भएका थिए । ८ सय ९८ मुद्दा बाँकी रहेका थिए । ४४.१५ प्रतिशत मात्रै मुद्दा फछ्र्यौट भएका थिए । आर्थिक बर्ष ०७९/०८० मा २ हजार १५ मुद्दा मध्ये आधा मात्रै १ हजार ५० छफ्यौट ९ सय ६५ बाँकी, सो बर्ष ५२.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएका थिए । आर्थिक बर्ष ०८०/०८१ मा २ हजार २ सय २९ मध्ये १ हजार २ सय मात्रै फट्यौट भएका छन । १ हजार २९ बाँकी रहे । उक्त बर्ष ५३.८३ प्रतिशत मुद्दा फछ्यौट गरेका थिए । चालु आर्थिक बर्ष ०८१/०८२ मा २ हजार ३ सय ५० मुद्दा मध्ये १ हजार...
कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै : घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै : घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भईरहेको होे । तीन बर्ष अघि कृष्णपुर नगरको जिम्मेबारीमा आएपछि मेयर हेमराज ओझा नेतृत्वमा संचालन हुँदै आएको कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । नागरिकले घरआगँनमै स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीय सरकारको औचित्यता पुष्टी भईरहेको छ । पालिकाले हरेक बर्ष निरन्तर घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेपछि जनतालाई सुविधा मात्रै होई उनीहरु हर्षित भएका छन । जनताले चुनावका बेला घर घरमा आएर मत मागेजस्तै मेयर ओझा नेतृत्वमा घरघरमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको बताएका छन । कृष्णपुर नगरपालिका ४ पवित्राका बस्तीकी करर्नी चौधरीले स्थानीय सरकारका स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गराएको बताईन ...
सिद्धनाथ मन्दिरमा साउनको पहिलो साता अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

सिद्धनाथ मन्दिरमा साउनको पहिलो साता अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत सिद्धनाथ मन्दिरमा साउनको पहिलो हप्ता अभिषेकात्मक लघु रुद्री एवं श्रृंगारारिक महा आरतिको आयोजना गरीएको छ । सिद्धनाथ मन्दिर विकास समितिले हनुमान र नन्दीका मुर्तिको प्राण प्रतिष्ठा भर्नका लागि महाआरती आयोजना गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी साउन १ देखि ७ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ । समितिका कार्य वाहक अध्यक्ष कैलाश भट्टले आरती आयोजनाको तयारी थालिएको बताए । उपाध्यक्ष अरुणा जोशीको संयोजकत्वमा एक सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरी तयारी थालिएको कावा अध्यक्ष भट्टले बताए । उनका अनुसार विभिन्न आठ ओटा तहगत उप समिति निर्माण गरीएको छ । अतिथि सत्कार एवम् स्वागत समिति संयोजक शान्ति देवी ऐर, टेन्ट एबम् साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर, प्रचारप्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान्त भट्ट, पुजा व्यवस्थापन एवं यज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज