नेपाल बाल संगठनको जिल्ला समिति गठन, अध्यक्षमा भट्ट
धर्मा रोकाया
महेन्द्रनगर– नेपाल बाल संगठन, अर्थात् “बालमन्दिर”, कंचनपुरको जिल्ला सभा तथा अधिवेशन महेन्द्रनगरमा सम्पन्न भएको छ । कंचनपुरको महेन्द्रनगरमा आज सम्पन्न जिल्ला अधिवेशनले दिर्घराज भट्टको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको छ । सर्वसम्मत हुनुभएका सम्पुर्ण कार्यसमिति सदस्यहरुमा महेश दत्त भट्ट, तर्कराज भट्ट, पार्वती अवस्थी, गोपिलाल कंडेल, राम बहादुर कुवँर र धर्मसिह भाट रहेका छन ।
बाल संगठन कंचनपुरका तदर्थ समितिका अध्यक्ष दिर्घराज भट्टको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष बिद्या बिद्या उपाध्याय न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदै कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालका अनाथ बालबालिकाको संरक्षणका लागि यो संस्थाले खेलेको भूमिका अविस्मरणीय भएपनि हाल आएर काम भन्दा पनि कुरा वढि हुने प्रवृत्तिका ...





















