×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १८ पुष २०८२, शुक्रबार

डीडीसी अत्तरियाबाट धनगढी सार्ने प्रयासविरुद्ध संघर्ष चर्कियो, गोदावरी नगरपालिकामा छलफल निष्कर्षविहीन

डीडीसी अत्तरियाबाट धनगढी सार्ने प्रयासविरुद्ध संघर्ष चर्कियो, गोदावरी नगरपालिकामा छलफल निष्कर्षविहीन

samachar, अर्थ, व्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर  कंचनपुर धनगढी— डीडीसी (दुग्ध विकास संस्थान) को कार्यालय धनगढी सारिए पनि कारखाना भने स्थानीयको विरोधका कारण सार्न नदिइएको छ। कुनै पनि हालतमा डीडीसी धनगढी लैजान नहुने माग गर्दै संघर्ष समिति र स्थानीयले यही पौष १४ गते गोदावरी नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा दुग्ध विकास कारखानामा तालाबन्दी गरेका थिए। डीडीसी अत्तरियामै रहनुपर्ने विषयमा छलफल गर्न संघर्ष समिति र स्थानीय गोदावरी नगरपालिका पुगेका थिए। तर नगरप्रमुखले आफ्ना धारणा मात्र राखी कार्यकक्षबाट बाहिरिएपछि छलफल निष्कर्षविहीन बनेको संघर्ष समितिले जनाएको छ। छलफलका लागि नगरपालिका पुगेका संघर्ष समितिका पदाधिकारीहरूसँग कुनै संवाद नगरी नगरप्रमुख बाहिरिएपछि संघर्ष समितिका संयोजक पाण्डेले गोदावरी नगरपालिकाको बेवास्ताका कारण डीडीसी अत्तरियाबाट धनगढी जान बाध्य भएको आरोप लगाए। उनले कुनै पनि हालतमा डीडीसी बाहिर जान नदिने स्पष्ट गर...
लेखराज भट्ट फागुनको निर्वाचनमा कैलाली–४ बाट उम्मेदवार बन्ने

लेखराज भट्ट फागुनको निर्वाचनमा कैलाली–४ बाट उम्मेदवार बन्ने

Breaking News 1, samachar, राजनीति, समाचार, सुदूरपश्चिम
कंचनपुर नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभाका उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर–४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार उम्मेदवारका रूपमा भट्टको एकल नाम सिफारिस गरिएको छ।...
पदक पायौँ, शिल्ड खोइ?’—उसु खेलाडीको आवाज बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड छनोटमा विवाद

पदक पायौँ, शिल्ड खोइ?’—उसु खेलाडीको आवाज बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड छनोटमा विवाद

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
कंचनपुर महेन्द्रनगर । भीमदत्त नगरपालिकाद्वारा आयोजित नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु विधामा पदक गणनालाई लिएर विवाद चुलिएको छ। प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयले उसु विधामा सबैभन्दा बढी पदक जिते पनि ती पदकहरू पदक तालिकामा समावेश नगरिएको भन्दै विद्यालय पक्षले आपत्ति जनाएको छ। सचिवालयले प्रतिस्पर्धा पर्याप्त नभएको कारण देखाउँदै उसुका पदक गणना नहुने जनाएको छ, जसपछि विवाद सार्वजनिक भएको हो। गत वर्ष १५ औँ राष्ट्रपति रनिङ शिल्डमा पनि बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर शिल्ड पाएको थियो। तर प्रतिस्पर्धी विद्यालय नहुँदा विवाद उत्पन्न भएपछि छ महिनापछि शिल्ड फिर्ता गरिएको थियो। यस वर्ष भने उसुमा ६ विद्यालय सहभागी रहेको विद्यालय पक्षको दाबी छ। बैजनाथ माविले यस वर्ष उसुमा ९ स्वर्ण र ३ रजत पदक जितेको छ। अ...
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का सरुवा

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का सरुवा

Breaking News 1, samachar, कृषि, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको सरुवा भएको छ । करिब एक वर्षसम्म केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेका खड्का पशु विकास निर्देशक (उपसचिव) पदमा बढुवा भई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका हुन् ।   खड्काको कार्यकालमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर वार्षिक कार्यप्रगतिको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट कार्यालयका रूपमा चिनिन सफल भएको थियो । इमानदार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित खड्काले लगनशीलता र प्रतिबद्धताका साथ आफ्नो एक वर्षे कार्यकाल सफल बनाएका थिए ।उनले कृषकका समस्या सहज रूपमा समाधान गर्नेदेखि कञ्चनपुरमा गौशाला व्यवस्थापनलाई उद्योगको रूपमा विकास गर्ने पहल, भेटेरिनरी अध्ययन गरेका प्राविधिकलाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम तथा विपन्न वर्ग लक्षित योजनाहरू सञ्चालन गरे...
पाण्डवकालीन किम्बदन्तीसँग जोडिएको ‘पञ्चदेवल शिवधाम सप्तदेवल’ संरक्षण र प्रचारको पर्खाइमा

पाण्डवकालीन किम्बदन्तीसँग जोडिएको ‘पञ्चदेवल शिवधाम सप्तदेवल’ संरक्षण र प्रचारको पर्खाइमा

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ४ मा अवस्थित पञ्चदेवल शिवधाम सप्तदेवल धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको स्थलका रूपमा परिचित छ। धार्मिक कथनअनुसार द्वापर युगमा पञ्च पाण्डवहरूले गुप्तबासको समयमा एकै रातमा यहाँ देवलहरू निर्माण गरेको किम्बदन्ती प्रचलित छ। स्थानीय जनविश्वासअनुसार एकै रातमा निर्माण गरिएका देवलहरूमध्ये एउटा देवल अधुरो अवस्थामा रहेको छ। मन्दिर निर्माणकै क्रममा बिहान उज्यालो भएपछि पाण्डवहरूले काम अधुरै छोडेर गएको भन्ने किंवदन्ती पनि यस स्थानसँग जोडिएको छ। नामले पञ्चदेवल भनिए पनि यस क्षेत्रमा सातवटा देवलहरू अवस्थित छन्। यही कारणले यस स्थललाई “पञ्चदेवल शिवधाम सप्तदेवल” भनिने गरिएको छ। यहाँ रहेको पुरानो शिलालेख अझैसम्म रहस्यमय बनेको छ। शिलालेखमा कुँदिएका अक्षरहरू आजसम्म कसैले पनि स्पष्ट रूपमा पढ्न वा बुझ्न नसकेको स्थानीयको भनाइ छ। सुदूरपश्चिम प्रद...
कञ्चनपुरमा अवैध भारतीय उखु आयात बढ्दो, स्थानीय किसान मारमा

कञ्चनपुरमा अवैध भारतीय उखु आयात बढ्दो, स्थानीय किसान मारमा

Breaking News 1, samachar, कृषि, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवैधरूपमा भारतीय उखु भित्रिन थालेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थित महाकाली सुगर मिलमा भारतीय उखु भित्रिन थालेपछि स्थानीय उखु किसानहरू समस्यामा परेका छन्। सरकारले भारतीय उखु आयातमा कडाइ गरे पनि कञ्चनपुरमा भने खुलेआम अवैध आयात भइरहेको स्थानीयको गुनासो छ। भारतबाट अवैधरूपमा उखु आयात हुन थालेपछि स्थानीय किसानले आफ्नो उत्पादन मिलमा बेच्न ५–५ दिनसम्म पालो कुर्नुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ। स्थानीय किसानका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा चासो नदिएको मात्र होइन, उनीहरूको मिलेमतोमै भारतीय उखु भित्रिरहेको आशंका गरिएको छ। नाम नखुलाउने सर्तमा एक किसानले भने, “भारतबाट अवैध उखु भित्रिरहेको छ। अनुदान पाइन्छ भन्दैमा बाहिरबाट उखु ल्याएर स्थानीय किसानलाई हैरान पार्नु हुँदैन। जिल्ला प्रशासन र प्रहर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज