खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना
महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि...





















