चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।
ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...





















