महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट
महेन्द्रनगर–महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय सुदूरपश्चिम प्रदेशबाट नमुना टिभेट कार्यक्रमका लागि छनौट भएको हो । टिभेट कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशबाट ३२ सस्थाको प्रस्तावना पेश भएकोमा महाकाली बहुप्राविधिक शिक्षालय मात्र छनौट हुन सफल भएको हो । शिक्षालयले प्रयोगमा ल्याएको प्रविधि, भौतिक पूर्वाधार, विद्यार्थीको भर्नादर, उत्तिर्ण दर लगायतका मापदण्डको मूल्यांकनका आधारमा महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको शिक्षालयका निर्देशक प्रमल साउदले बताउनुभयो ।
शिक्षालय सुधार योजनना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिक्षण् संस्थाहरुका लागि आईसीटी सामाग्री व्यवस्थापन र नमूना टिभेट संस्था विकास कालागि छनौट कार्यक्रम कार्यान्व...





















