मेधावि सेकेण्डरी स्कूलका विज्ञान शिक्षक सम्मानित
महेन्द्रनगर – मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेत सम्मानित भएका छन् । लामो समयदेखि महेन्द्रनगरका विभिन्न संस्थागत विद्यालय तथा ट्यूसन सेन्टरहरुमा विज्ञान विषय पढाउदै आएका शिक्षक बस्नेतलाई सार्क एजुकेसन पाउण्डेसनले शिक्षा क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान सहित कदरपत्र प्रदान गरेको हो ।
आईतबार महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजना गरीएको मोटिभेषनल सेमिनारमा शिक्षक बस्नेतलाई सार्क एजुकेसन फाउण्डेसनका कार्यकारी प्रमुख लक्ष्मण बस्नेतले उक्त कदरपत्र हस्तान्तरण गरेका छन् । सार्क उनले मेधावि सेकेण्डरीमा शिक्षक हुनुभन्दा अघि ईन्टरनेशनल सेकेण्डरी स्कुल, सार्क एजुकेसन फाउण्डेसनमा शिक्षण गरीसकेका छन् । सम्मानले थप जिम्मेवारी बोध गराएको कुरा उल्लेख गर्दै शिक्षण पेशामा लागिरहन थप प्रेरणा मिलेको शिक्षक बस्नेतले बताए ।...




















