होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च
कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ ।
जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो ।
पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन ।
आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको हो ।
क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५हजार औषधी खर्च हस्तान्तरण गरेका छन ।
विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि ज...




















