शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै
कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् ।
नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन मह...




















