लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने
महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।
मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तर...





















