×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

झलारीमा नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न

झलारीमा नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, माघ २८ गते सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीमा बेदकोट नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ। नगरपालिकाद्वारा नियुक्त नगरप्रहरीहरूले आवश्यक तालिम पूरा गरेपछि आयोजित समारोहमार्फत उनीहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि भोज  राज बोहरा रहनु भयको थियो प्रमुख अतिथी लगायत  विशिष्ट अतिथिहरूले नवप्रहरीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। समारोहमा बोल्दै वक्ताहरूले नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक व्यवस्थापन सुदृढ बनाउन तथा नगरवासीलाई सुरक्षित वातावरण उपलब्ध गराउन नगरप्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले अनुशासन, इमान्दारिता र सेवाभावलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। तालिम अवधिमा नवप्रहरीहरूलाई आधारभूत सुरक्षा व्यवस्था, विपद् व्यवस्...
लालझाडीमा जंगली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते

लालझाडीमा जंगली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँन्देवकीकी ६ वर्षीया रोजिना साउदको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजेतिर गाउँमा पसेको हात्तीको बथानले साउद परिवारको घरमा आक्रमण गर्दा रोजिना र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित सेती प्रादेशिक अस्पताल (सिएण्डसी) पुर्‍याएको थियो। कञ्चनपुर प्रहरीका प्रवक्ता हेमबहादुर शाहीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि बालिका रोजिनालाई धनगढी रेफर गरिएको थियो। तर अस्पताल पुर्‍याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल पार्वती साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पछिल्ला दिनहरूमा कञ्चनपुर जिल्लामा जंगली हात्तीको आक्रमणका घटनाहरू बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र रोकथाममा ध्यान नदिएको स्थानीयक...
चिकित्सकविहीन पशु अस्पताल, उपचार सेवा ठप्प, रोग फैलिने गम्भीर जोखिम

चिकित्सकविहीन पशु अस्पताल, उपचार सेवा ठप्प, रोग फैलिने गम्भीर जोखिम

Breaking News 1, Breaking News 2, कृषि, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २०८२ माघ २६ सरकारको नीतिगत निर्णय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशको भेटेरिनरी सेवा प्रणालीमा परेको छ। दरबन्दीबाहेकका करार तथा ज्यालादारी कर्मचारी हटाउने निर्णय कडाइका साथ कार्यान्वयन गरिँदा प्रदेशका पशु अस्पताल चिकित्सकविहीन बन्दै गएका छन्। यसको परिणामस्वरूप नियमित उपचार, खोप, प्रजनन तथा आकस्मिक सेवा लगभग पूर्ण रूपमा ठप्प भएका छन्। सेवा अवरुद्ध हुँदा संक्रामक पशुरोग नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको छ। पशुबाट मानिसमा सर्ने रेबिजजस्ता रोगको जोखिम बढेको भन्दै सरोकारवालाहरूले यसलाई केवल प्रशासनिक समस्या नभई गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सुरुआतको रूपमा व्याख्या गरेका छन्। भाद्र २४ गतेको जेन्जी आन्दोलनपछि असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दीबाहेकका करार कर्मचारी नराख्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्व...

वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न बैजनाथ माध्यमिक विद्यालय जडेपानी बन्यो नगर विजेता

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर वेदकोट नगरपालिकाको आयोजनामा वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता वेदकोट नगर प्रमुख भोजराज बोहरा को प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष  प्रजापति भट्ट   सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष   प्रबिन बोगटी   गर्नुभएको थियो। यसै अवसरमा आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यसै विद्यालयमा आयोजना हुने जानकारी गराइएको छ। प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, विद्यालयहरू, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैलाई आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।...

प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई पत्रकार पुरस्कृत

Breaking News 1, samachar, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली, २२ माघ प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकारहरूको हक–हित संरक्षण गर्ने उद्देश्यले पत्रकार अक्षयकोष स्थापना गरेको छ। o पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग पुर्‍याउने लक्ष्यसहित अक्षयकोष स्थापना गरिएको हो।
प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई जना पत्रकार पुरस्कृत

प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई जना पत्रकार पुरस्कृत

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कन्चन्पुर२२माघ/ प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकार अक्षयकोष स्थापना गरेको छ । पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । प्रेस चौतारीमा आबद्ध पत्रकार तथा विभिन्न पत्रकार र सामाजिक क्षेत्रका व्यक्तिहरूबाट संकलित १ लाख ५८ हजार ३ सय ८० रुपैयाँ रकम जम्मा गरी स्थापना दिवसकै अवसरमा अक्षयकोषको औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले अक्षयकोषको औपचारिक घोषणा गरेका हुन स्थापना दिवसकै अवसरमा जिल्ला समितिले चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लिलाजंग शाहीलाई नगदसहित सम्मान गरेको छ । यस्तै युवा प्रतिभा पुरस्कारबाट पत्रकार कमल सावद सम्मानित भएका छन् । यो पुरस्कार यस वर्षदेखि सुरु गरिएको र हरेक वर्ष निरन्तरता दिइने प्...
मालिकार्जुन धाममा आजदेखि शिवपुराण महायज्ञ, सम्पूर्ण तयारी पूरा

मालिकार्जुन धाममा आजदेखि शिवपुराण महायज्ञ, सम्पूर्ण तयारी पूरा

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
कंचनपुर  माघ २२ दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज माघ २२ गतेदेखि शिवपुराण महायज्ञ सुरु भएको छ। महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुने शिवपुराण महायज्ञ समितिले जनाएको छ समितिका अनुसार महायज्ञ सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। यस राष्ट्रिय धाममा आयोजना हुन लागेको शिवपुराण महायज्ञले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। महायज्ञ अवधिभर शिवपुराण वाचन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्। साथै, महायज्ञलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वयंसेवक तथा भक्तजनहरूको सक्रिय सहभागिता रहने समितिले जानकारी दिएको छ। आयोजक समितिले धार्मिक आस्थाका साथ सक्द...
मेलौली–२ गेरडामा अखण्डदीप प्रज्वलनको २०० दिन पूरा, महाशिवरात्रीको तयारी तीव्र

मेलौली–२ गेरडामा अखण्डदीप प्रज्वलनको २०० दिन पूरा, महाशिवरात्रीको तयारी तीव्र

Breaking News 1, samachar, समाचार, सुदूरपश्चिम
कंचनपुर  माघ २० गते बैतडी ।सुदूरपश्चिम प्रदेश अन्तर्गत पहाडी जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नं. २ गेरडा स्थित धार्मिक धाममा प्रज्वलित अखण्डदीपले आज २०० दिन पूरा गरेको छ। श्रावण १ गतेको सक्रान्तीदेखि निरन्तर प्रज्वलित उक्त अखण्डदीपले क्षेत्रको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्त्व बढाएको स्थानीय भक्तजनहरूले बताएका छअखण्डदीप प्रज्वलनसँगै यहाँ नियमित पूजा–अर्चना, भजन–कीर्तन तथा विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदै आएका छन्। अखण्डदीप प्रज्वलनको २०० दिन पूरा भएसँगै अब फागुन ३ गते मनाइने महाशिवरात्री पर्वको तयारी तीव्र पारिएको छ। महाशिवरात्रीको अवसरमा विशेष पूजा, रुद्राभिषेक, रात्रिकालीन जाग्राम तथा भक्तजनहरूको व्यापक सहभागितामा विविध धार्मिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ। स्थानीयवासीहरूका अनुसार यस धामले पछिल्लो समय धार्मिक पर्यटनको सम्भावना समेत बोकेको छ। मह...

कञ्चनपुर–३ बाट एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्ट सुनिश्चित, विकास र नीतिगत नेतृत्वका साथ पुनः चुनावी मैदानमा

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
कंचनपुर अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को रूपमा स्थापित बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का उम्मेदवार बन्ने निश्चित भएका छन्। शनिबार बसेको एमाले सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनको उम्मेदवारी औपचारिक रूपमा सुनिश्चित भएको हो। डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए। एमालेभित्र मात्र नभई राजनीतिक वृत्तमा बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले आफ्नो अघिल्लो कार्यकालमा चुनावी प्रतिबद्धताअनुसार महत्वपूर्ण विकासका काम अघि बढाएका थिए। उनका प्रमुख उपलब्धिहरूमा २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थलको पुनः सञ्चालन, महाका...

देवलहाटस्थित शिवदेवाल सहस्रलिंग शिवकुण्डमा महाशिवरात्रि मेला तथा धार्मिक कार्यक्रम आयोजना हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर  माघ १४ गते बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ देवलहाटस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शिवदेवाल सहस्रलिंग शिवकुण्ड क्षेत्रमा महाशिवरात्रिको पावन अवसरमा भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। उक्त शिवधाम धार्मिक, पौराणिक, पुरातात्त्विक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले मात्र नभई ऐतिहासिक पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ। पौराणिक किम्बदन्तीअनुसार परापूर्वकालमा पाण्डवहरू बनवासका क्रममा देवलहाट क्षेत्रमा आइपुगेका थिए। उनीहरूले यही स्थानमा एकै रातमा शिवलिङ्ग स्थापना गरी साधारण मानव शक्तिले हल्लाउन नसकिने ढुंगाहरू प्रयोग गरेर शिव मन्दिर निर्माण गरेको विश्वास रहिआएको छ। आयोजकका अनुसार मिति २०८२ साल फाल्गुन ३ गते, हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि का अवसरमा शिवमन्दिरको प्राङ्गणमा परम्परादेखि चल्दै आएको शिवरात्रि मेला, किर्तन, पूजा–आजाको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज