×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

झलारीमा नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न

झलारीमा नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, माघ २८ गते सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीमा बेदकोट नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ। नगरपालिकाद्वारा नियुक्त नगरप्रहरीहरूले आवश्यक तालिम पूरा गरेपछि आयोजित समारोहमार्फत उनीहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि भोज  राज बोहरा रहनु भयको थियो प्रमुख अतिथी लगायत  विशिष्ट अतिथिहरूले नवप्रहरीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। समारोहमा बोल्दै वक्ताहरूले नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक व्यवस्थापन सुदृढ बनाउन तथा नगरवासीलाई सुरक्षित वातावरण उपलब्ध गराउन नगरप्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले अनुशासन, इमान्दारिता र सेवाभावलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। तालिम अवधिमा नवप्रहरीहरूलाई आधारभूत सुरक्षा व्यवस्था, विपद् व्यवस्...
लालझाडीमा जंगली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते

लालझाडीमा जंगली हात्तीको आक्रमण : ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँन्देवकीकी ६ वर्षीया रोजिना साउदको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजेतिर गाउँमा पसेको हात्तीको बथानले साउद परिवारको घरमा आक्रमण गर्दा रोजिना र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित सेती प्रादेशिक अस्पताल (सिएण्डसी) पुर्‍याएको थियो। कञ्चनपुर प्रहरीका प्रवक्ता हेमबहादुर शाहीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि बालिका रोजिनालाई धनगढी रेफर गरिएको थियो। तर अस्पताल पुर्‍याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल पार्वती साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पछिल्ला दिनहरूमा कञ्चनपुर जिल्लामा जंगली हात्तीको आक्रमणका घटनाहरू बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र रोकथाममा ध्यान नदिएको स्थानीयक...

वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न बैजनाथ माध्यमिक विद्यालय जडेपानी बन्यो नगर विजेता

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर वेदकोट नगरपालिकाको आयोजनामा वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता वेदकोट नगर प्रमुख भोजराज बोहरा को प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष  प्रजापति भट्ट   सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष   प्रबिन बोगटी   गर्नुभएको थियो। यसै अवसरमा आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यसै विद्यालयमा आयोजना हुने जानकारी गराइएको छ। प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, विद्यालयहरू, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैलाई आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।...
प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई जना पत्रकार पुरस्कृत

प्रेस चौतारी कैलालीद्वारा पत्रकार अक्षयकोष स्थापना, दुई जना पत्रकार पुरस्कृत

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कन्चन्पुर२२माघ/ प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकार अक्षयकोष स्थापना गरेको छ । पत्रकारलाई आइपर्ने विभिन्न समस्या, दुर्घटना तथा स्वास्थ्य संकटमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । प्रेस चौतारीमा आबद्ध पत्रकार तथा विभिन्न पत्रकार र सामाजिक क्षेत्रका व्यक्तिहरूबाट संकलित १ लाख ५८ हजार ३ सय ८० रुपैयाँ रकम जम्मा गरी स्थापना दिवसकै अवसरमा अक्षयकोषको औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले अक्षयकोषको औपचारिक घोषणा गरेका हुन स्थापना दिवसकै अवसरमा जिल्ला समितिले चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लिलाजंग शाहीलाई नगदसहित सम्मान गरेको छ । यस्तै युवा प्रतिभा पुरस्कारबाट पत्रकार कमल सावद सम्मानित भएका छन् । यो पुरस्कार यस वर्षदेखि सुरु गरिएको र हरेक वर्ष निरन्तरता दिइने प्...

कञ्चनपुर–३ बाट एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्ट सुनिश्चित, विकास र नीतिगत नेतृत्वका साथ पुनः चुनावी मैदानमा

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
कंचनपुर अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को रूपमा स्थापित बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का उम्मेदवार बन्ने निश्चित भएका छन्। शनिबार बसेको एमाले सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनको उम्मेदवारी औपचारिक रूपमा सुनिश्चित भएको हो। डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए। एमालेभित्र मात्र नभई राजनीतिक वृत्तमा बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले आफ्नो अघिल्लो कार्यकालमा चुनावी प्रतिबद्धताअनुसार महत्वपूर्ण विकासका काम अघि बढाएका थिए। उनका प्रमुख उपलब्धिहरूमा २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थलको पुनः सञ्चालन, महाका...

देवलहाटस्थित शिवदेवाल सहस्रलिंग शिवकुण्डमा महाशिवरात्रि मेला तथा धार्मिक कार्यक्रम आयोजना हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर  माघ १४ गते बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ देवलहाटस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शिवदेवाल सहस्रलिंग शिवकुण्ड क्षेत्रमा महाशिवरात्रिको पावन अवसरमा भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। उक्त शिवधाम धार्मिक, पौराणिक, पुरातात्त्विक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले मात्र नभई ऐतिहासिक पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ। पौराणिक किम्बदन्तीअनुसार परापूर्वकालमा पाण्डवहरू बनवासका क्रममा देवलहाट क्षेत्रमा आइपुगेका थिए। उनीहरूले यही स्थानमा एकै रातमा शिवलिङ्ग स्थापना गरी साधारण मानव शक्तिले हल्लाउन नसकिने ढुंगाहरू प्रयोग गरेर शिव मन्दिर निर्माण गरेको विश्वास रहिआएको छ। आयोजकका अनुसार मिति २०८२ साल फाल्गुन ३ गते, हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि का अवसरमा शिवमन्दिरको प्राङ्गणमा परम्परादेखि चल्दै आएको शिवरात्रि मेला, किर्तन, पूजा–आजाको ...

विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगदसहित राष्ट्रिय सम्मानित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत दोधाराचाँदनी नगरपालिका नगदसहित सम्मानित भएको छ।देशभरिका स्थानीय तहहरूमध्ये विपद् व्यवस्थापनमा प्रभावकारी र दीर्घकालीन प्रणाली विकास गरेको मूल्याङ्कनका आधारमा दोधाराचाँदनी नगरपालिका एकमात्र नगरपालिकाका रूपमा सम्मानका लागि छनोटमा परेको हो।...

वेदकोट नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
कंचनपुर वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितावेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्टको सभापतित्वमा सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय, जडेपानीले समग्र उपाधि जित्दै विजेता बन्न सफल भएको छ। प्रतियोगिताले नगरभित्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।...
कञ्चनपुरमा सप्ताव्यापी ट्राफिक सप्ताह २०८२ सुरु

कञ्चनपुरमा सप्ताव्यापी ट्राफिक सप्ताह २०८२ सुरु

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर। “ट्राफिक नियम पालना गरौँ, ट्राफिक सप्ताह २०८२ सफल पारौँ” भन्ने नाराका साथ कञ्चनपुरमा सप्ताव्यापी ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ।   नेपाल प्रहरी  राजमार्ग  सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय  अतरियाको आयोजना मा  सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदनराज कोइराला, जिल्ला प्रहरी प्रमुख खडक खत्री, सशस्त्र प्रहरी बल झलारीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, यातायात व्यवसायी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सर्वसाधारण तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी मदनराज कोइरालाले ब्यानर वाचन गरी गर्नुभएको थियो। उद्घाटनपश्चात् ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरबाट जनचेतनामूलक र्‍याली सुरु गरिएको थियो। र्‍याली चौमन चोक हुँदै मदन चोक पुगेर समापन गरिएको थियो। र्‍यालीमा सहभागीहरूले...
सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती निर्वाचित

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
कंचनपुर सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला तर्फ ३ हजार ९८४ मत प्राप्त गर्दै भण्डारी विजयी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्य समूह तर्फ नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए। निर्वाचनमा प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष बराबर १९ मतभार तोकिएको थियो। ४९ जना प्रदेश सभा सदस्य र १७१ जना पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी कुल २२० जनाले मतदान गरेका थिए। ज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज