×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
पार्वती बोहरा, महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९/११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर ख...
बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमु...
महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए । ‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने । उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अ...
बाजुराको बान्का बजार जलेर नष्ट

बाजुराको बान्का बजार जलेर नष्ट

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बाजुरको बांका बजारमा आगलागि हुदा करोडको क्षति भएको छ । आज दिउसो चार बेजेको समयमा होटेलमा खाना पकाउने ग्यास सिलिंडर पड्किएर आगलागि भएको स्थानीय मोहन सेरालाले जानकारी दिए । उनका अनुसार बजारका ६०/७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ । सडकको एक साईडका सवै पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ ।...
मन्त्र अस्पतालद्वारा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन

मन्त्र अस्पतालद्वारा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धर्मा कुमारी रोकाया, कञ्चनपुर, कञ्चनपुरको एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो । मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए । डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो । घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए । खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन । ...
जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन

जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन गरीएको छ । बुधबार बेलुका ७ बजे सत्तारुढ नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले महेन्द्रनगरको मदन चोकमा १९औ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दिप प्रज्वलन गरेको हो ।   उक्त कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्माले जातीय विभेद तथा छुवाछुक्त मुक्त राष्ट्र घोषणा रुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । १९ औं जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बुधबार साँझ मदनचोकमा गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित समुदायले अझै पनि जातीय विभेद र छुवाछुतको मार खेप्नु पर्ने अवस्था भएको बताएका हुन् । ‘२०६३ मा अन्तरिम व्यवस्थापिकाबाट नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त ...
बेदकोट ८ मा पुनः जग्गा नापजाँच शुरु, ११०किसानलाई लालपुर्जा वितरण गरिने

बेदकोट ८ मा पुनः जग्गा नापजाँच शुरु, ११०किसानलाई लालपुर्जा वितरण गरिने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा पुनःऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका ८मा पुन नापजाँच शुरु गरिएको हो । भूमि समस्या समाधान आयोगले वडा कार्यालयसंग समन्वय गरेर ऐलानी जमिनकोे पुन नापजाँच शुरु गरेकोे जनाएको छ ।  बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले यस अघि नापजाँच भएर अन्तिम प्रमाणिकरण गरेर लालपुर्जा वितरणका लागि जग्गा नाप्ने काम भईरहेको बताए । ‘अहिले अधुरो कार्यकोे पुर्नथालनी भएको छ, ‘उनले भने, ‘जमिन भएर स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउने काम भएको छ ।’ यस अघि गत बर्ष ८३ किसानलाई पुर्जा वितरण गरेको बताउँदै उनले अब लगत्तै ११०किसानलाई लालपुर्जा वितरण गरिने बताए । ‘हामीले हरेक बर्ष पुर्जा वितरण कार्य अघि बढाएका छौँ, झण्डै ६दशकदेखि पुर्जा बिहिन जनतालाई ज...
कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

Breaking News 1, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो कृष्णपुर मेयर कप फुटवल तथा प्रथम कृष्णपुर उपमेयर कप महिला प्रतियोगिता हुने भएका छन् । आजबाट दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता हुदैछ भने १८गतेदेखि प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदैछ । शुक्रबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र नगर उप प्रमुख द्रोपती रानाले संयुक्तरुपमा ट्रफि तथा मेडल सार्वजनिक गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी दिए । पछिल्लो समयमा समाजमा लागुपदार्थको कुलतमा युवयुवति लागिरहेको सन्दर्भमा ‘हाम्रो सामुहिक गोल लागु पदार्थ दुव्र्यसनको अन्त्य’ कृष्णपुर को शान खेलकुद मार्फत महिला सशत्तितीकरण अभियान भन्ने मुल नारा दिएर दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना आजबाट सञ्चालन हुनेछ । त्यसैगरी प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आईतबा...
भीमदत्तमा सामी कार्यक्रमको आयोजना

भीमदत्तमा सामी कार्यक्रमको आयोजना

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार पालिकाको रोजगार सेवा केन्द्रले न्यायिक समिति र वडाका मेलमिलापकर्ताहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका सभापती नगरपालिकाका उपमेयर तथा न्यायिक समिती संयोजक निलम लेखक जोशी रहनुभएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी रहनुभएको थियो । रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले, गत पुष महिनादेखि भीमदत्त नगरपालकामा सामी कार्यक्रम लागुभएको बताउनुभयो । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । विषेश गरि विदेशमा रहनुभएका युवायुवती र विदेश जानेहरुलाई यस कार्यक्रम मार्फत सुझाव सल्लाह र परामर्श दिइदै आएको...
मेधावि सेकेण्डरी स्कूलले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनायो

मेधावि सेकेण्डरी स्कूलले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनायो

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । १८ औ गणतन्त्र दिवसको अवसरमा विद्यालयले महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो । गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज