×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु स् कञ्चनपुरका सिडियो ढकाल

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु स् कञ्चनपुरका सिडियो ढकाल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । बैशाख कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन । बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ अर्यालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका हुन । ‘जिल्लामा देखिएका विद्यमान ससस्याको पहिचान गर्दै आफ्नै तहबाट समाधानका लागि पहल गर्छु, ‘प्रजिअ ढकालले भने, ‘यसमा सबै पक्षको समेत सहयोग चाहिन्छ ।’ प्रजिअ ढकालले सीमा समस्यादेखि विद्यमान अवस्थामा विकरालका रुपमा देखिएको लागु् औषध दुव्र्यसनी रोकथामका लागि प्रशासनबाट पुरै पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।   ‘महिला हिन्सादेखि लागु औषध दुव्र्यसनी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो, ‘उनले भने, ‘यसले हाम्रो समग्र समाजको सरचना भत्काउने काम गरेको छ, यसलाई समयमै रोक्नुपर...
भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । भोलिदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् हरि प्रसाद दाहालका अनुसार भोलि(बुधबार) बाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ । ‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’ मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।...
ट्रम्पले चीनको आयातमा पुर्‍याए २४५ प्रतिशत भन्सार

ट्रम्पले चीनको आयातमा पुर्‍याए २४५ प्रतिशत भन्सार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाण्डौ । अमेरिकाले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार शुल्क वृद्धि गरेको छ । योसँगै अमेरिकी बजारमा चिनियाँ सामानमाथि कुल २४५ प्रतिशत भन्सार शुल्क लाग्ने भएको हो । ११ अप्रिलमा चीनले अमेरिकी सामानमाथि १२५ प्रतिशत भन्सार शुल्क वृद्धि लगाएको जवाफमा ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । ह्वाइट हाउसले मंगलबार प्रकाशित गरेको फ्याक्टसिटमा भन्सार शुल्क वृद्धि उल्लेख छ । चीनको प्रतिक्रिया : हामी व्यापार युद्धबाट डराउँदैनौं  अमेरिकाले भन्सार शुल्क थप वृद्धिको घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । चीनले फेरि एकपटक अमेरिकासँग संवाद गर्नुपर्नेमा जोड दिँदै भनेको छ, ‘हामी व्यापार युद्ध ९ट्रेड वार० गर्नबाट डराउँदैनौं ।’ चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका साँच्चै संवाद र समझदारीको माध्यमबाट समस्याको समाधान चाहन्छ भने उसले अनावश्यक दबाब, धम्की र ब्ल्...
कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ । मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन । गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ । उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो । भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन् । अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन् । गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम ९इको० जाँच सेवा उपलब्ध छ। गेटा अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत गरेको छ। गेटा अस्पतालका निर्देशक प्रमोद यादवले गेटा क्याथ ल्याब सञ्चालनको तयारीमा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक गेटा अस्पतालमा क्याथ ल्याब...
बैतडीको पाटन बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

बैतडीको पाटन बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
किरन चन्द, बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो । सभापतिमा भण्डारी १०५ मतका साथ विजयी भएक हुन् । भने उनका प्रतिस्पर्धि जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत, नेविसंघका माधवी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए । सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट विजयी भएका छन् । उनले ९२ मत प्राप्त गरे भने उनका निकतम प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याइन । त्यसैगरी नेवि संघका चाहना विष्टले २६ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउ...
नेकपा एमालेको धनगढी विशेष सभामा कञ्चनपुरबाट १० हजार बढी जनसहभागिता हुने

नेकपा एमालेको धनगढी विशेष सभामा कञ्चनपुरबाट १० हजार बढी जनसहभागिता हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो । नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिट...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, कर्णाली, खेलकुद, गण्डकी, मनोरञ्जन, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँले अगाड...
पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, व्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकाएको छ । शनिबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो । पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो । र्‍यालीमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए । उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग थापाले पत्र...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्मचारी खटिने भएकाछन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एईई परीक्षाका लागि ३७ परीक्षा केन्द्र तोकिएका छन् । २०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ । जिल्ला समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टका अनुसार ५ सय ६१ जना निरीक्षक खटिने छन । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जनाका दरले ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । य...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवार नै प्रहरीले पक्राउ गरेको छ । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिसवर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए । मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन। एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज