महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन
महेन्द्रनगर : महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो । शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ । संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् । कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिन...





















