×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

बेदकोटमा महिलालाई आत्मनिर्भर बनाउने डल कुसुम तालिम सम्पन्न

बेदकोटमा महिलालाई आत्मनिर्भर बनाउने डल कुसुम तालिम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, व्यापार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
कंचनपुर बेदकोट नगरपालिकामा महिलाको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको डल कुसुम तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बेदकोट नगरपालिकाका १० वडाबाट सहभागी २२ जना महिलालाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष भोजराज बोहराले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। छोटो समयको तालिम भए पनि सहभागीहरूले राम्रोसँग सिप सिकेको र सिकेका सीपलाई व्यवहारमा उतार्दै बजारसम्म बिक्री गर्न सक्ने क्षमताको विकास भएको उहाँको भनाइ थियो। महिलाहरू आत्मनिर्भर हुँदा समाजमा सम्मान र इज्जत बढ्ने उल्लेख गर्दै उहाँले आत्मनिर्भर महिलाले आफ्नो घरव्यवहार आफैँ चलाउन सक्ने बताउनुभयो। साथै, आगामी दिनमा थप तालिमको व्यवस्था गरिने पनि जानकारी दिनुभयो। यसैगरी बेदकोट नगरपालि...
नेपाली सेनाद्वारा बैतडीको देवलहाटस्थित ऐतिहासिक पीपल चौतारो पुनःनिर्माण

नेपाली सेनाद्वारा बैतडीको देवलहाटस्थित ऐतिहासिक पीपल चौतारो पुनःनिर्माण

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी– नेपाली सेनाले बैतडी जिल्लाको देवलहाटमा रहेको ऐतिहासिक पीपल चौतारोलाई पुनःनिर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ। जीर्ण अवस्थामा पुगेको ऐतिहासिक शिला र चौतारोलाई बैतडीस्थित श्रीबक्स गुल्मले पुनःनिर्माण गरेको हो। बैतडी सदरमुकाम नजिकै अवस्थित उक्त चौतारो ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको बताउँदै श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले नेपाली सेनाको शीघ्र प्रभावकारी योजना अन्तर्गत पुनःनिर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए। नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट करिब ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाइँमा वीरगति प्राप्त गरेका हलदल शाह र उनका छोरा नन्दुको काजक्रिया यही पीपलको रुखमुनि गरिएको इतिहास शिलालेखमा उल्लेख छ। साके संवत १७३७ मा उनीहरू वीरगति प्राप्त गरेपछि हलदल शाहकी श्रीमती सति गएको तथा महाकाली नदीमा दाहसंस्कार गरिएपछि...
महेन्द्रनगरबाट बेपत्ता १२ वर्षीय रमित लुहार धनगढीमा सकुशल फेला ।

महेन्द्रनगरबाट बेपत्ता १२ वर्षीय रमित लुहार धनगढीमा सकुशल फेला ।

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कन्चन्पुर महेन्द्रनगरमा बसेर अध्ययन गर्दै आएका बाजुराका १२ वर्षीय रमित लुहार एक सातादेखि बेपत्ता भएको विषयमा सौगात न्युजले दुई दिनअघि (मंसिर २४ गते) समाचार प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भएको दुई दिनपछि रमित सकुशल फेला परेको जानकारी प्राप्त भएको छ। रमित धनगढीस्थित निसर्ग अस्पतालको छेउमा रहेको होटल ‘लक्की’ मा फेला परेको उनका परिवारले जानकारी दिएका छन्। रमितकी आमा बुदीदेवी लुहार र उनका दाजु मनोज लुहार ले सौगात न्युजसँग कुरा गर्दै रमित सुरक्षित अवस्थामा फेला परेको बताएका हुन्। छोराको खोजीमा आमा बुदीदेवी लुहार महेन्द्रनगरका गल्ली–गल्ली भौतारिँदै पत्रकारहरूसँग भेटघाट गरी सहयोगको आग्रह गर्दै आएकी थिइन्। साथै रमितका दाजु मनोज लुहारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खोजीका लागि निवेदनसमेत दिएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्री ले रमितको खोजी तलासी क...
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तहका नगर प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। बैठकमा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै आफ्नो–आफ्नो पालिकामा देखिएका विपद् सम्बन्धी समस्या, जोखिमका अवस्था र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। विशेषगरी बाढी, डुबान, आगलागी, चट्याङलगायत प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको थियो। यसै क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र साझा प्रयासको आवश्यकता औंल्याउनुभयो। उहाँले सबै सरोकारवाला निकायबीच सहकार्य गर्दै जोखिम न्यूनीकरणका लागि समयमै योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, विपद्का बेला जनधनको क्षति न्...
पत्रकार सावदद्धारा फरक क्षमताका बालबालिकालाई खाजा तथा फलफूल वितरण विरेन्द्र बाग,

पत्रकार सावदद्धारा फरक क्षमताका बालबालिकालाई खाजा तथा फलफूल वितरण विरेन्द्र बाग,

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
विरेन्द्र बाग, महेन्द्रनगर । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज पत्रकार  देवराज सावदले फरक क्षमता भएका बालबालिकाहरुलाई खाजा तथा फलफुल वितरण गरेका छन् । बिहिबार भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित अमर शहीद आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमताका बालबालिकालाई पत्रकार सावदले खाजा तथा फलफूल वितरण गरेका छन् । सामाजिक कार्यअन्तर्गत विद्यालयमा विशेष शिक्षाअन्तर्गत अध्ययनरत फरक फरक क्षमता भएका बालबालिकालाई खाजासँगै फलफूल वितरण गरिएको केन्द्रीय सदस्य सावदले बताए । पुसेलो डट कमका प्रधान सम्पादकसमेत रहेका सावद सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका छन् । उनले फरक क्षमताका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कक्षा ५ सम्म अध्यापन हुने अमर शहीद आधा...
श्रीमानको निधनको शोक नसकिँदै छोरा हराएपछि आमाको पीडा दोब्बर

श्रीमानको निधनको शोक नसकिँदै छोरा हराएपछि आमाको पीडा दोब्बर

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बाजुरामा बस्दै आएकी बुदीदेबी लुहार केही महिनाअघि भारतमा चौकीदारी गर्दै आएका आफ्ना श्रीमान खड्केको निधनपछि शोकमा डुबेकी थिइन्। श्रीमानको निधनपछि गाउँमा बस्न कठिन भएपछि उनी मंसिर २० गते महेन्द्रनगर आएर आफ्ना छोराहरूसँग बस्न थालेकी हुन्। भारतको दिल्लीमा रहेका श्रीमानको निधन कसरी भयो भन्नेबारे उनलाई अहिलेसम्म कुनै जानकारी छैन। निधनको खबर आउनु केही समयअघि मात्र श्रीमानसँग मोबाइलमा कुराकानी भएको र छोराहरूको खर्च पठाइदिन आग्रह गरेकी उनले बताइन्। खड्केले खर्च पठाएपछि केही समयमै निधनको खबर आएपछि आफू छाँगाबाट खसेझैँ भएको बुदीदेबीको भनाइ छ। निधनको कारण थाहा नपाउँदा मन बुझाउन नसकेको उनले बताइन्। पति वियोगको पीडाले मन थाम्न नसकेपछि गाउँ छाडेर महेन्द्रनगर आएकी बुदीदेबीलाई फेरि अर्को बज्रपात पर्‍यो। उनका छोरा रमित अचानक हराएपछि उनी थप तनावमा परेकी छन्। श्रीमानको सम्झनाले अझै आँशु झारिरहेकी...
डडेल्धुरा अस्पताल अध्यक्षमाथि गम्भीर आरोप, कार्यकक्षमै मोसो दल्दै बहुमत निकट कार्यकर्ताको प्रदर्शन

डडेल्धुरा अस्पताल अध्यक्षमाथि गम्भीर आरोप, कार्यकक्षमै मोसो दल्दै बहुमत निकट कार्यकर्ताको प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कंचनपुर डडेल्धुरा — धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कार्यकर्ताले बुधबार डडेल्धुरा अस्पतालका अध्यक्षको कार्यकक्षमै मोसो दल्दै विरोध प्रदर्शन गरेका छन्। कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरद्वारा हस्ताक्षरित आरोप पत्रमार्फत अस्पताल अध्यक्ष ओझामाथि ‘जनकारबाही किन नगर्ने ?’ भन्ने शीर्षकसहित दश बुँदे गम्भीर आरोप सार्वजनिक गरिएको हो। आरोप पत्रमा अध्यक्ष ओझामाथि कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लगी लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ। प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारी नयाँ खरिद प्रक्रिया अघि बढाइएको उदाहरण दिइएको छ। त्यसैगरी, दक्ष र अनुभवी जनशक्तिबाट सेवा प्रवाह गर्नुपर्नेमा कर्मचारी भर्नामा आर्थिक तथा राजनीतिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाइएको छ। अस्पतालजस्तो...
कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत

कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
कंचनपुर कञ्चनपुर । दशकौँदेखि सत्तामा रहे पनि जनताको जीवनस्तर बदल्न नसकेको पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक विकल्प प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। कञ्चनपुरस्थित पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर ३ समिति सभापति कर्णबहादुर चन्दको सभापतित्वमा बसेको निर्वाचन क्षेत्र समिति, पालिका सभापति तथा केन्द्रीय नेताहरूको संयुक्त बैठकले कुनै मतभेदबिना महतालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। पार्टी संगठन निर्माणदेखि नीति निर्माणसम्म सक्रिय र प्रभावकारी भूमिका खेलेका महता सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन्। यही अ...
संरक्षण अभावमा बैतडीको कुल्लेककोट दरबारका ऐतिहासिक शिलालेख र मूर्ति जोखिममा

संरक्षण अभावमा बैतडीको कुल्लेककोट दरबारका ऐतिहासिक शिलालेख र मूर्ति जोखिममा

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर बैतडी  कुनै समय सामाजिक न्याय र अन्याय छुट्याउने ऐतिहासिक थलोका रूपमा परिचित बैतडीको कुल्लेककोट दरबार संरक्षणको अभावमा ओझेलमा परेको छ। संरक्षण नहुँदा यहाँ रहेका बहुमूल्य ऐतिहासिक शिलालेख र पुरातात्विक मूर्तिहरू डाँडामा अलपत्र अवस्थामा छन् भने दरबार संरचना भत्किँदै ढुङ्गा छरपस्ट भएका छन्। नजिकै रहेको ऐतिहासिक कुवा समेत पुरिन थालेको छ। दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा अवस्थित कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेखीय प्रमाणहरू फेला परेका छन्। तर समयमै संरक्षण नहुँदा दरबार क्षेत्रका ऐतिहासिक महत्व बोकेका संरचना र वस्तुहरू जोखिममा पर्दै गएका छन्। कुल्लेककोटबाट दक्षिणतर्फ ग्वाल्लेक धुरा नामक अग्लो डाँडामा रहेको ‘धज्या ढुङ्गा’ पनि ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीयवासीका अनुसार तत्कालीन समयमा गाउँमा आक्रमण हुन लाग्दा यही ...
अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाडी गाउँपालिकाले संघीय तथा प्रदेश कानुन र अदालतका आदेशलाई बेवास्ता गर्दै मनपरी निर्णय गर्दै आएको आरोप लागेको छ। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूमा कानुनी ज्ञानको अभाव देखिँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बेल्डाडी गाउँपालिकाको कार्यपालिका सदस्यहरूमध्ये अधिकांशले न्यून शैक्षिक योग्यता हासिल गरेका छन् भने नियम–कानुनको पालना गर्नुपर्ने दायित्वप्रति गम्भीरता नदेखाएको स्थानीय सरोकारवालाहरूको भनाइ छ। गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना स्वयं SLC उत्तीर्ण र करिब १०–१२ वर्ष प्राथमिक तहका राहत शिक्षकका रूपमा कार्य गरेको पृष्ठभूमि भए पनि उनको कार्यकालमा शैक्षिक अवस्था झन् कमजोर बन्दै गएको आरोप छ। ३१ निजी शिक्षक हटाउने निर्णयबाट विवाद सुरु गाउँपालिकाले मिति २०८२/०४/०५ मा विगत १५–२० वर्षदेखि सामुदायिक विद्यालयमा अध्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज