×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार, महिला प्रतिनिधित्वका लागि बलियो आवाज

कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार, महिला प्रतिनिधित्वका लागि बलियो आवाज

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, व्यापार, समाचार, सुदूरपश्चिम
  कंचनपुर- कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिका लागि आउँदो शनिबार (१९ पुस) हुने निर्वाचनमा जिल्लाकी एक मात्र महिला उद्यमी सरिता भण्डारी (सिंह) चुनावी मैदानमा उत्रिएकी छन्। महेन्द्रनगरस्थित डालिमा सपिङकी सञ्चालिका सरिता संघको खुला सदस्य पदमा उम्मेदवार बनेकी हुन्। १७ वर्षदेखि निरन्तर व्यवसायमा सक्रिय सरिता हाल मतदाता भेटघाटमा व्यस्त छिन्। उनी संघभित्र महिला सहभागिता र नेतृत्वको आवश्यकता औँल्याउँदै मत मागिरहेकी छन्। कोषाध्यक्षसहित सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमा होमिएकी सरिताले महिला उद्यमीको प्रवर्द्धन, संघको संस्थागत सुदृढीकरण र समावेशी नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘म सबैको सहयोग पाउनेमा आशावादी छु,’ सरिताले भनिन्, ‘संघमा महिला सहभागिता अनिवार्य छ भन्ने विषयमा मतदाता पनि जागरुक देखिनु भएको छ।’ पहिलोपटक स...
सक्षम परियोजनाबाट कृष्णपुरका १ हजार ५८४ घरधुरी लाभान्वित

सक्षम परियोजनाबाट कृष्णपुरका १ हजार ५८४ घरधुरी लाभान्वित

Breaking News 1, samachar, कृषि, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
  कञ्चनपुर, पुष १३ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको सक्षम परियोजना मार्फत १ हजार ५८४ घरधुरीका किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लिबर्ड संस्थाले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको यस परियोजनाले ग्रामीण भेगका साना तथा विपन्न किसानको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको पाइएको छ। कृष्णपुर नगरपालिका–१, २, ४, ५ र ९ नम्बर वडामा सञ्चालन भएको परियोजनाबाट महिला, दलित, मुक्त कमैया, अपाङ्गता भएका व्यक्ति तथा आदिवासी जनजाति समुदाय प्रत्यक्ष लाभान्वित भएका छन्। लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेलद्वारा प्रस्तुत प्रतिवेदन अनुसार परियोजनामा १ हजार २६५ महिला र ३११ पुरुष सहभागी थिए भने १ हजार २२७ मुक्त कमैया, १६५ दलित, ६५ अपाङ्गता भएका व्यक्ति र १०८ बिटिसी समूहका सदस्य सहभागी रहेका थिए। प्रतिवेदनअनुसार परियोजनाले किसानको खाद्य तथा पोषण अवस्था सुधार, आयआ...
कञ्चनपुरबाट एमाले केन्द्रीय कमिटीमा तीनै निर्वाचन क्षेत्रको प्रतिनिधित्व

कञ्चनपुरबाट एमाले केन्द्रीय कमिटीमा तीनै निर्वाचन क्षेत्रको प्रतिनिधित्व

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार, सुदूरपश्चिम
कन्चन्पुर महेन्द्रनगर – नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका प्रतिनिधि केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट कमला बोहरा, क्षेत्र नं. २ बाट कृपाराम राना र क्षेत्र नं. ३ बाट निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। १०औँ महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य बनेका उनीहरू यस पटक पुनः केन्द्रीय कमिटीमा स्थान बनाउन सफल भएका छन्। निर्वाचन परिणामअनुसार बोहराले १८८८, रानाले १९१९ र पालले १८४३ मत प्राप्त गरेका छन्। पुनः निर्वाचित निरुदेवी पाल यसअघि एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्जको जिम्मेवारीमा रहेकी थिइन्। यसैगरी कमला बोहरा निर्वाचन क्षेत्र नं. १ की इन्चार्ज रहँदा कृपाराम राना क्षेत्र नं. ३ का इन्चार्ज थिए। राना संविधानसभा सदस्यसमेत हुन्। निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला तर्फबाट...
बेलौरी मेयर कपमा खेलाडीमाथि कुटपिट — कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

बेलौरी मेयर कपमा खेलाडीमाथि कुटपिट — कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर — बेलौरीमा जारी मेयर कप फुटबल प्रतियोगिताका क्रममा खेलाडी करन पालमाथि भएको कुटपिट घटनापछि खेलकुद क्षेत्रबाट दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग तीव्र बनेको छ। आइतबार मायामेट्रो अस्पतालमा उपचाररत पाललाई भेट्न पुगेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै “दोषीलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन” भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे। उनका अनुसार खेल मैदानमै भएको हिंसात्मक आक्रमण एक खेलाडीमात्र नभई सम्पूर्ण खेल क्षेत्रमाथिको प्रहार भएको हो। घटनापछि प्रदेश खेलकुद परिषद्को सदस्य–सचिव, कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति, जिल्ला रेफ्री संघ तथा स्थानीय खेलकुद समुदायले पनि एक स्वरमा दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। अध्यक्ष खड्काले घाइते खेलाडीको उपचारमा आवश्यक सहयोग सुनि...
बेलडाडीमा निःशुल्क आँखा शिविर: ६७८ जनाले पाए सेवा, १०४ जनाको मोतिबिन्दु निःशुल्क शल्यक्रियाको तयारी

बेलडाडीमा निःशुल्क आँखा शिविर: ६७८ जनाले पाए सेवा, १०४ जनाको मोतिबिन्दु निःशुल्क शल्यक्रियाको तयारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कंचनपुर महेन्द्रनगर आँखा उपचारमा अग्रणी मानिने नेपाल नेत्रज्योति संघले ग्रामिण भेगमै पुगेर जनताको स्वास्थ्य सेवामा निरन्तर योगदान दिइरहेको छ। सोही क्रममा संघअन्तर्गतको नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शनिबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। बेलडाँडी गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा कुल ६७८ जनाले आँखा जाँच तथा परामर्श सेवा प्राप्त गरेका छन्। सेवाग्राहीमध्ये ४१० जना महिला र २६८ जना पुरुष सहभागी भएका थिए। शिविरका दौरान १०४ जना बिरामीमा मोतिबिन्दुको समस्या देखिएपछि गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले जानकारी दिए। साथै, ७ जनामा ‘मासु बढ्ने’ (Pterygium) समस्या पाइएको छ। बेलडाँडी गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क...
तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगितामा एसपी खड्क बहादुर खत्री सम्मानित

तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगितामा एसपी खड्क बहादुर खत्री सम्मानित

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
⊆ कञ्चनपुर। “विकास ! अनुशासन !! गतिशीलता !!!” तथा राष्ट्रिय खेलकुद परिषद्को मूलमन्त्र **‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’**लाई आत्मसात गर्दै कञ्चनपुरमा सम्पन्न तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगिता २०८२मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) खड्क बहादुर खत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ। जापान कराँते–डो कोशीकाई सितोरियो संघ नेपाल, कञ्चनपुरद्वारा भदौ १०, ११ र १२ गते (अगस्ट २६–२८, २०२५) आयोजित प्रतियोगितामा सुरक्षा, सहयोग र समन्वयनमा एसपी खत्रीले पु–याएको योगदानको कदर गर्दै आयोजक संस्थाले ताम्रपत्र प्रदान गरेको हो। सम्मान समारोहमा आयोजक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदले पाएको प्रतिष्ठामा खत्रीजस्ता व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस्ता सम्मानहरूले खेलाडीहरूको मनोबल वृद्धि हुने तथा उनी...
सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा रक्त क्यान्सर पीडित कैलालीका युवकको उद्धार, उपचारका लागि नेपाल पठाइयो

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा रक्त क्यान्सर पीडित कैलालीका युवकको उद्धार, उपचारका लागि नेपाल पठाइयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
⇒शीर्षक: सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा रक्त क्यान्सर पीडित कैलालीका युवकको उद्धार, उपचारका लागि नेपाल पठाइयो कञ्चनपुर, मंसिर १६– मृत्युसँग लडिरहेका कैलालीका जगत साउदको सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी उपचारका लागि नेपाल पठाएको छ। सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला बौनियाका २३ वर्षीय साउद रोजगारीको सिलसिलामा खाडी मुलुक यूएई पुगेका थिए। अवैधानिक रूपमा अबुधाबीमा बस्दै आएका उनलाई रक्त क्यान्सर भएको र कलेजो पूर्ण रूपमा क्षति पुगेको अवस्थामा अबुधाबीस्थित बुर्जील अस्पतालमा उपचार भइरहेकाे समयमा उद्धार गरिएको हो। उपचार खर्चको अभावमा जीवन-मृत्युको दोसाँधमा पुगेका साउदलाई सुदूरपश्चिमेली नेपाली समाज यूएईको सहयोगमा नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको संस्थाका अध्यक्ष प्रकाश दत्त बडुले जानकारी दिए। समाजले आर्थिक सहयोग अभियान सञ्चालन गरी आवश्यक रकम जुटाइ नेपाल पठाएको जानकारी दि...
शिर्षक: फागुन २१ मै निष्पक्ष निर्वाचन हुने : गृहमन्त्री अर्याल

शिर्षक: फागुन २१ मै निष्पक्ष निर्वाचन हुने : गृहमन्त्री अर्याल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
⇒गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने स्पष्ट दाबी गरेका छन्। मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फागुन २१ गते नै निर्वाचन सम्पन्न गरिने बताउँदै सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए। गृहमन्त्री अर्यालका अनुसार सरकारको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा सुनिश्चित गर्दै सुशासन कायम गर्नु र समयमा चुनाव सम्पन्न गर्नु हो। “यो सरकारको मुख्य दायित्व शान्ति–सुरक्षा कायम गर्दै निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव सम्पन्न गर्नु हो। सरकारले पाएको म्यान्डेट पनि चुनाव गराउनु नै हो,” उनले भने। चुनावको वातावरण निर्माणका लागि राज्यका सबै संयन्त्र परिचालन भइसकेको गृहमन्त्री अर्यालको भनाइ छ। उनले राजनीतिक दलहरूलाई निर्वाध रूपमा चुनावी गतिविधि सञ्चालन गर्न वातावरण बनाउन सरकारले सक्रिय भूमिका खेलेको जिक...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ । उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन...
गृहमन्त्री ओम प्रकाश अर्यालले गरे कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहको अनुगमन

गृहमन्त्री ओम प्रकाश अर्यालले गरे कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहको अनुगमन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर मंसिर १५ ।  गृहमन्त्री ओमप्रकाश अर्यालयले कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गर्नुभएको छ। धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आउनुभएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गर्नुभएको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिय । “प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उनले भने, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोली समेत अनुगमनमा रहेको थियो।” गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए। भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ। तीन वर्षभित्र निर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज