युगज्योति एकेडेमीका ५६ विपन्न बालबालिकालाई न्यानो लुगा वितरण पुनर्वास, कञ्चनपुर।
कञ्चनपुर।
पुनर्वास नगरपालिका–६ स्थित युगज्योति एकेडेमी माध्यमिक विद्यालयका ५६ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ। चिसो बढ्दै गएको यस समयमा बालबालिकालाई लक्षित गर्दै आइतबार विद्यालय परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी न्यानो जर्सी वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष मित्र सिंह लामाले विदेशमा रहेर पनि जन्मभूमिप्रति जिम्मेवारी बोध गर्दै सामाजिक सेवामा सक्रिय रहनु प्रशंसनीय कार्य भएको बताउँदै समाजसेवी शिव बिष्ट र सुशील श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सकारात्मक सामाजिक कार्यमा निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विश्वनाथ बिष्टले सहयोगी दुवै जनाप्रति हार्दिक आभार व्यक्त गर्दै विदेशमा रहेर आफ्नो आम्दानीबाट ...




















