महाकाली यातायातको अध्यक्षका लागि निवर्तमान अध्यक्ष र पुर्व अध्यक्षको उम्मेदवारी
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको नेतृत्वका तिन जनाको उम्मेदवारी परेको छ । महाकाली बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षका लागि समितिका निवर्तमान अध्यक्ष डम्बरराज पन्त, निवर्तमान प्रशासान उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्टले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । समितिको जेठ २८ गतेसम्पन्न दोस्रो साधारण सभाको उद्धघाटनशस्त्रपछि सहमतीको प्रयास गरीएता पनि अन्तः नेतृत्वका लागि कुनै पनि आकांक्षि पछि नहटेपछि निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन कार्यतालिका अनुसार समितिको निर्वाचन असार ७ गते शनिबार हुनेछ ।
त्यस्तै समितिको वरिष्ट उपाध्यक्ष पदम सिंह भाट र सुरेन्द्र प्रसाद अवस्थीले उम्मेदवारी दर्ता गरेका छन । भने प्रशासन उपाध्यक्ष गणेश बहादुर बम, देव बहादुर खड्का तथा महासचिवमा गणेश बहादुर विष्ट र देव राज जोशीको उम्मेदवारी परेको छ ।
२०७४ पछि प...





















