जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा
कञ्चनपुर-कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन ।
जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन ।
डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय कार्की केदार निर्माण सेवा प्रालिका संचालक हुन । उनले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत...





















