सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । केन्द्रिय क्यम्पसको आयोजना तथा भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो ।
उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच...





















