छाडा पशु चौपाया व्यवस्थापनका लागी बजेट छुट्टाउन माग
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार महेन्द्रनगरमा आयोजना गरेको सामुदायिक पशु तथा गौशाला व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै बेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहराले प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको नयाँ बजेट योजनामा छाडा चौपाया व्यवस्थापन, गौशाला व्यवस्थापनलाई समेट्नुपर्ने माग गरे ।
कार्यक्रममा सहभागीहरूले कञ्चनपुरमा छाडापशुचौपायाको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । जसले गर्दा सडक दुर्घटना, बालीनाली नष्ट , सार्वजनिक क्षेत्र प्रदूषित हुँदै गएको भन्दै उचित व्यवस्थापनको माग गरिएको छ ।
अधिवक्ता संकर विष्टले छाडा चौपायाको व्यवस्थापन भन्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटमा अन्तरिम आदेश आउँदा समेत कतैबाट पनि पालन...





















